०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

कोरोना संक्रमितका लागि गगन थापाले गरे नि:शुल्क यातायात सेवा शुरु

Logo
प्रकाशित बुधबार, जेठ ०५, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,५ जेष्ठ । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले कोरोना संक्रमित बिरामीलाई अस्पताल आउजाउका लागि निस्शुल्क यातायात सेवा शुरु गरेका छन् ।काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा निर्वाचित सांसदसमेत रहेका थापाले आफ्नो क्षेत्रमा यस्तो सेवा शुरु गरेका हुन् ।

साउथ एसिया फाउन्डेसन लगायतका विभिन्न व्यक्तिको सहयोगमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ को नेतृत्वमा यो सेवा शुरु गरिएको थापाले भिडियो सन्देशमार्फत जनाएका छन् ।

“घरमै आइसोलेसनमा रहनुभएकालाई अस्पताल जानआउन, परीक्षण गर्न वा आइसोलेसन सेन्टर जानको लागि नेपाली कांग्रेस काठमाडौँ क्षेत्र ४ को नेतृत्वमा निस्शुल्क यातायात सेवा सुरु गरेका छौँ,” थापाले भनेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]