२१ माघ २०८२, बुधबार
04-02-2026 , Wed
×

सर्लाहीमा वडाअध्यक्षले संक्रमितको शव घाटसम्म पु¥याए

Logo
प्रकाशित बुधबार, जेठ ०५, २०७८

सोम दियाली
जनकपुरधाम,५ जेष्ठ । कोरोना महामारीका बेला जनप्रतिनिधि र दलका नेताहरु लुकेर बसेको टिप्पणी भईरहेका बेला सर्लाहीका एक वडा अध्यक्ष संक्रमितको सेवामा अहोरात्र खटिएका छन् ।

जिल्लाको हरिवन नगरपालिका ११ का वडा अध्यक्ष शेख मेहबुब रेजाले कोरोना संक्रमणबाट मृत्यु भएकी एक महिलाको शव एम्बुलेन्समा राखेर घाट सम्म पुर्याएपछि उनी महामारीमा जनतासँगै छन् भन्ने कुरा प्रमाणित भएको हो ।

हुन त उनी जनताको जस्तो सुकै अप्ठेरोमा समेत सँगै हुने गरेका छन् । उखु किसानको भुक्तानीका विषयलाई लिएर आमरण अनसनमा बस्न समेत पछि नपरेका वडा अध्यक्ष रेजाले वडा अध्यक्षमा निर्वाचित भएदेखि नै थुप्रै सामाजिक काम गरेर देखाई सकेका छन् । केही दिन अघि मात्रै अनाथ बालबालिकालाई व्यक्तिगत खाद्यन्न सामाग्री सहयोग गरेका वडा अध्यक्ष रेजाले संक्रणबाट मृत्यु भएकी महिलाका शव घाट सम्म लगेर थप उदारता देखाएका छन् ।

मृतक महिला केही वर्ष यता लालबन्दी नगरपालिका १ स्थित जया हेल्थ केयरमा अनमीको रुपमा काम गर्दै आएकी थिईन् । गत वैशाख २९ गते हरिवन ४ स्थित सासापुर स्वास्थ्य चौकीमा थ्रोड स्वाव परिक्षणका लागि दिएकी थिईन् ।

वैशाख ३१ गते उनलाई कोरोन संक्रमण पुष्टी भयो । दुईदिन सम्म होम आईसोलेशनमा बसेकी महिलाको एक्कासी श्वासप्रश्वासमा समस्या देखियो । सोमबार साँझ हरिवन अस्थायी कोेडिभ अस्पताल भर्ना भएकी महिलाको मंगलबार बिहान १० बजे निधन भयो ।

रोग सर्ने डरले उनको शव एम्बुलेन्समा राखेर घाट सम्म लान कोही अघि नसरेपछि वडा अध्यक्ष रेजा आफैले घाट सम्म पुर्याएकी स्थानीय राधाकृष्ण प्याकुरेलले बताए । ‘म एक जनप्रतिनिधी हुँ तिनै नागरिकले भोट दिएर मलाई जिताएका हुन्, आज उनीहरुको लागि कोहि नहुँदा मैले नगरे कस्ले गर्छ रु मैले मेरो जिम्मेवारी निर्वाह गरेको हुँ’ भन्दै वडा अध्यक्षले हिम्मतका साथ एम्बुलेसनमा शव राखेर बागमती घाट सम्म पुराएको स्थानीय प्याकुरेलले बताए ।

‘आखिर एकदिन मर्नु नै छ भने किन डराउँने, केही गरेर मर्ने हो । यदि नागरिकको सेवा गर्दा गर्दै मरिन्छ भने त्यो भन्दा ठुलो अहोभाग्य के हुन सक्छ र रु’ आफूले आवश्यक सुरक्षाको साधन प्रयोग गरेर नै महिलाको शव घाट सम्म पुर्याएको उनले बताए ।

वडा अध्यक्ष रेजाले नगरपालिकाका मेयर गणेश प्रसाईं, एमाले नेता विदुर कुमार प्याकुरेल, चुडामणि वाग्लेहरुबाट जनताको सेवामा लाग्ने प्रेरणा पाएको बताए ।

‘मेयरसाप पनि एकदिन, एकछिन पनि आराम नगरी जनताको सेवामा खटिनु भएको छ । उहाँलाई हेरेर मैले पनि केही गर्नु पर्छ भन्ने अठोट गरेर नै उहाँसँगै जनताको सेवामा लागिरहेको छु ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]