०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

प्रदेश २ कोरोना संक्रमितको विजोग ‘डाक्टरहरु अस्पताल हाजिर हुँदैनन्, अस्पतालहरुले भर्ना लिदैनन्’

Logo
प्रकाशित बिहिबार, जेठ ०६, २०७८

कमलेश ठाकुर
जनकपुरधाम,६ जेष्ठ । महोत्तरीको जलेश्वर अस्पतालमा दक्ष जनशक्ति अभावमा कोरोना संक्रमितको उपचारमा कठिनाई भइरहेको थियो । दक्ष चिकित्सककै अभावमा भेन्टिलेटर थन्काइएको थियो भने बिरामीहरु उपचार अभावमा छट्पटाइरहेका थिए ।

प्रदेश सरकारले चिकित्सकको व्यवस्थापन गर्न बैशाख २७ गते डा. शैलेन्द्र कुमार यादवलाई जलेश्वर अस्पतालमा पठाउने निर्णय ग¥यो । प्रादेशिक अस्पताल जनकपुरधाममा कार्यरत एनेस्थेसिया डा. यादवलाई प्रदेश २ का सामाजिक विकास मन्त्रालयले तत्काल अर्को व्यवस्था नभए सम्म जलेश्वर अस्पताल महोत्तरीमा भेन्टिलेटरमा काजमा खटाएको पत्राचार गरे ।

मन्त्रालयका शाखा अधिकृत रामहृदय यादवले बैशाख २६ गते नै पत्र पठाएका थिए । तर डा. यादव अहिलेसम्म अस्पतालमा हाजिर नभएको जलेश्वर अस्पताल विकास समितिका अध्यक्ष सुरेश पाण्डेले जानकारी दिए । बैशाख २८ गते सोही अस्पतालमा मन्त्रालयले पुनः दुईजना चिकित्सकलाई काजमा खटायो । तर, मन्त्रालयलाई चिकित्सकले टेरेनन् । मन्त्रालयले प्रादेशिक अस्पतालमै कार्यरत फिजिसियन डा. रवि प्रधान र मेडिकल अधिकृत डा. सन्तकुमार यादवलाई जलेश्वर काजमा खटाएको थियो ।

चिकित्सक अभावमा अस्पतालका बिरामीहरु जोखिममा रहेको भन्दै विकास समितिका अध्यक्षले गत वर्षदेखि नै मन्त्रालयलाई डाक्टर पठाउन अनुनय गरिररहेको बताए । नयाँ भेरियन्टसहित दोस्रो लहर सुरु भएपनि चिकित्सक नआएको भन्दै उनले जेठ ५ गतेदेखि अमरण अनसन बस्ने घोषणा गरेका थिए । मन्त्रालयको आश्वासनपछि अनसन नबसेको उनले आफ्नो फेसबुकमार्फत जनाएका छन् । मन्त्रालयले उनलाई पुनः छिटै चिकित्सक पठाउने आशवासन दिएको छ ।

अस्पतालमा चिकित्सक नपुगेपछि उपचाररत कोभिडका विरामीहरु भने समस्यामा परेका छन् । अस्पतालमा ५ भेन्टिलेटर छ, तर दक्षजनशक्ति नभएपछि प्रयोगविहीन अवस्थामा थन्किएको छ । त्यहाँका विरामीको अवस्था बिग्रिएर भेन्टिलेटरको आवश्यता परेमा बाहिर पठाउने गरेको अस्पतालले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]