१४ पुष २०८२, मंगलबार
30-12-2025 , Tue
×

अक्सिजनको चरम अभाव : प्रदेश २ का अधिकांश अस्पतालले संक्रमित भर्ना लिनै छाडे

Logo
प्रकाशित बिहिबार, जेठ ०६, २०७८

न्यूजमधेश  डेस्क
जनकपुरधाम ,६ जेष्ठ । अक्सिजन अभाव रहेको भन्दै प्रदेश २ का अधिकांश अस्पताहरुले संक्रमितलाई भर्ना लिन छाडेका छन् ।

प्रदेशको अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पताल, सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पताल, वीरगंजस्थित नारायणी अस्पताल र विभिन्न निजी अस्पतालले अक्सिजन अभावको कारण भर्ना लिन छाडेका हुन् ।

प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले अक्सिजन अभावका कारण अब कोरोना संक्रमितहरुलाई उपचार गर्न नसकिने अवस्था सिर्जना भएको प्रतिक्रिया दिए । उपचाररत बिरामी पनि अक्सिजन अभावमा छट्पटाइरहेको भन्दै नयाँ बिरामी भर्ना लिन समस्या भएको उनको भनाई छ । ‘कोभिड अस्पतालमा ६५ जना बिरामी रहेको र सबै संक्रमितलाई अक्सिजनसहितको उपचार गर्नु परिरहेको छ,’ उनले भने, ‘अक्सिजन आपुर्तिमा समस्या देखिएको कारण उपचार नै गर्न नसक्ने अवस्था आइसकेको छ ।’

सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा समेत अक्सिजनको अभाव भएको छ । सुनसरीको दुहवीस्थित डिपोले अक्सिजन दिन नमान्दा समस्या भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित कुमार झाले जानकारी दिए ।

प्रादेशिक अस्पतालका साथै निजी अस्पतालका सञ्चालकहरूले अक्सिजन अभावमा अब कोभिड बिरामीको उपचार गर्न नसक्ने बताउन थालेका छन् । संक्रमितका कुरुवालाई अक्सिजन ल्याएमा मात्रै उपचार हुने भन्दै ती अस्पतालहरुले बिरामी फर्काउने गरेका छन् ।

निजी अस्पताल संघ धनुषाका अध्यक्ष एवं काव्या हस्पिटलका सञ्चालक डा. सुधांशु सिंहले जनकपुरधाममा मात्रै करिब १५ वटा अस्पतालले कोरोना बिरामीको उपचार गर्दै आएको बताए । तर अक्सिजन अभावमा अब ती अस्पतालले बिरामीको उपचार गर्न नसक्ने अवस्था आएको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]