१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

अक्सिजनको चरम अभाव : प्रदेश २ का अधिकांश अस्पतालले संक्रमित भर्ना लिनै छाडे

Logo
प्रकाशित बिहिबार, जेठ ०६, २०७८

न्यूजमधेश  डेस्क
जनकपुरधाम ,६ जेष्ठ । अक्सिजन अभाव रहेको भन्दै प्रदेश २ का अधिकांश अस्पताहरुले संक्रमितलाई भर्ना लिन छाडेका छन् ।

प्रदेशको अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पताल, सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पताल, वीरगंजस्थित नारायणी अस्पताल र विभिन्न निजी अस्पतालले अक्सिजन अभावको कारण भर्ना लिन छाडेका हुन् ।

प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले अक्सिजन अभावका कारण अब कोरोना संक्रमितहरुलाई उपचार गर्न नसकिने अवस्था सिर्जना भएको प्रतिक्रिया दिए । उपचाररत बिरामी पनि अक्सिजन अभावमा छट्पटाइरहेको भन्दै नयाँ बिरामी भर्ना लिन समस्या भएको उनको भनाई छ । ‘कोभिड अस्पतालमा ६५ जना बिरामी रहेको र सबै संक्रमितलाई अक्सिजनसहितको उपचार गर्नु परिरहेको छ,’ उनले भने, ‘अक्सिजन आपुर्तिमा समस्या देखिएको कारण उपचार नै गर्न नसक्ने अवस्था आइसकेको छ ।’

सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा समेत अक्सिजनको अभाव भएको छ । सुनसरीको दुहवीस्थित डिपोले अक्सिजन दिन नमान्दा समस्या भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित कुमार झाले जानकारी दिए ।

प्रादेशिक अस्पतालका साथै निजी अस्पतालका सञ्चालकहरूले अक्सिजन अभावमा अब कोभिड बिरामीको उपचार गर्न नसक्ने बताउन थालेका छन् । संक्रमितका कुरुवालाई अक्सिजन ल्याएमा मात्रै उपचार हुने भन्दै ती अस्पतालहरुले बिरामी फर्काउने गरेका छन् ।

निजी अस्पताल संघ धनुषाका अध्यक्ष एवं काव्या हस्पिटलका सञ्चालक डा. सुधांशु सिंहले जनकपुरधाममा मात्रै करिब १५ वटा अस्पतालले कोरोना बिरामीको उपचार गर्दै आएको बताए । तर अक्सिजन अभावमा अब ती अस्पतालले बिरामीको उपचार गर्न नसक्ने अवस्था आएको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]