१९ चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

प्रभु हस्पिटलको ठगिधन्दा : उपचारको नाममा बिरामीसंग रकम ठग्दै

Logo
प्रकाशित बिहिबार, जेठ ०६, २०७८

न्यूजमधेश डेस्क
वीरगञ्ज,६ जेष्ठ । ‘प्रभु हस्पिटल’ नाम सुन्ने वित्तिकै मानिसलाई प्रभु (भगवान) नै हो कि भन्ने भान हुन्छ । हुनु पनि स्वभाविक नै हो । नामै प्रभु छ । तर नाम मात्रै प्रभु भएर पूजा गर्न लायक नहुने रहेछ । त्यसको लागि काम पनि भगवान (प्रभु) को जस्तै गर्नुपर्छ ।

प्रभु हस्पिटल नाम मात्रैको प्रभु भएको छ । स्थापनाकालदेखि नै कामको आधारमा ज्यानमारा हस्पिटलको नामले चर्चित प्रभु हस्पिटलले महामारीको मौकामा चौका हान्दै ठगी धन्दा शुरु गरेको पाइएको छ । वीरगञ्जस्थित प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टरले विरामीसँग मनपरी शुल्क लिएको पोल खुलेको छ । अस्पतालले विरामीसँग अक्सिजन वापत ८ गुणा बढीसम्म रकम असुल गरेको खुलेको हो ।

अस्पतालमा भर्ना भएकी एकजना विरामीको परिवारसँग अस्पतालले ८ दिनमा अक्सिजनका लागि मात्र १ लाख १ हजार रुपैयाँ असुल गरेको छ । उक्त रकम सामान्यको तुलनामा ८ गुणाभन्दा पनि बढी हो । चिकित्सकका अनुसार विरामीको उपचारका लागि एकदिनमा अधिकतम ५ वटासम्म ठूलो अक्सिजन सिलिण्डर खपत हुने गरेको छ । एउटा अक्सिजनको ठूलो सिलिण्डर भराउन बढीमा ५ सय ३० रुपैयाँसम्म लाग्छ । अस्पतालको ढुवानीलगायत खर्चहरु जोड्दा पनि अक्सिजन वापत लिएको रकम जायज नभएको ति चिकित्सकले बताए ।

‘हाईफ्लो अक्सिजनमा विरामीलाई राख्दा बढीमा ४ वटासम्म ठूलो सिलिण्डर खपत हुने गरेको छ । तर त्यो हिसाबले जोड्दा पनि ८ दिनको ३०÷४० हजार रुपैयाँ भन्दाबढी शुल्कलाई स्वभाविक भन्न सकिंदैन ।’ कोरोनासँग मिल्दोजुल्दो लक्षणसहित बैशाख २७ गते अस्पताल भर्ना भएकी सर्लाही मलंगवा नगरपालिका वडा नम्बर ९ की ६५ वर्षीय उर्मिला देवीको परिवारसँग पानिट्याङ्किस्थित प्रभु अस्पतालले ८ दिनको २ लाख १ हजार ४ सय ५० रुपैयाँ असुलेको पाइएको छ । जसमध्ये अक्सिजनका लागि मात्र अस्पतालले १ लाख १ हजार रुपैयाँ लिएको बिलमा उल्लेख गरिएको छ ।

जेठ ४ गते उर्मिला देवी डिस्चार्ज हुँदा अस्पतालले अक्सिजनका लागि १ लाख १ हजार, नर्सिङ्ग केयरका लागि ९ हजार, नेबूलाईजेसनका लागि ५ हजार २ सय, डाक्टर भिजिटका लागि १८ हजार ५ सय, कोभिड किटका लागि १३ हजार ५ सय, बेड चार्जका लागि ५४ हजार र अन्य शुल्क २ सय ५० रुपैयाँगरी २ लाख १ हजार ४ सय ५० रुपैयाँ असुल गरेको पाइएको छ । यस बाहेक अस्पतालले औषधी र अन्य जाँचका लागि थप ५० हजार रुपैयाँ लिएको उर्मिलाका छोरा सञ्जय रस्तोगीले बताए । अर्कोतर्फ, अस्पतालले बिलमा कुन सामग्री कति लागेको भन्ने विवरण पनि खुलाएको छैन ।

अस्पतालसँग के सामग्री कती लागेको भनेर प्रश्न गर्दा त्यसको विवरण खुलाउन नमिल्ने भन्ने जवाफ आएको रस्तोगी बताउँछन् । रस्तोगीका अनुसार अस्पतालले उनिसँग अक्सिजन वापत प्रतिघण्टा ५ सय रुपैयाँको दरले पैसा लिएको छ । आमालाई भर्ना गर्ने समयमा अस्पतालले सेवाहरुको शुल्क दर अर्कै बताएर डिस्चार्ज गर्ने दिन त्योभन्दा बढी रकम लिएको उनको आरोप छ । आमालाई सन्चो नै नभई अस्पतालले डिस्चार्ज गरेको उनले बताए । ‘सुरुमा भर्ना गर्न त ग¥यो तर पछि कोरोना जस्तो लक्षण देखिएपछि यहाँ उपचार गर्न मिल्दैन, अन्तै लानुहोस् भनेर आमालाई सन्चै नभइ अस्पतालले डिस्चार्ज ग¥यो,’ रस्तोगीले भने ।

अस्पतालले कोरोना महामारीको समयमा समेत उपचार गराउन भर्ना भएका सङ्क्रमितका परिवारसँग यसरी चर्को शुल्क असुल गरेको बिल सामाजिक सञ्जालमा भाइरल भएपछि अस्पतालको आलोचना सुरु भएको छ । सामाजिक सञ्जालमा गएरातिदेखिनै विलको तस्विर राखेर स्थानीयले कोरोना सङ्क्रमितको उपचारको नाममा अस्पतालले ब्रहमलुट मच्चाएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमा अस्पताललाई कारवाही गर्नुपर्ने माग समेत उठेको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले अस्पताललाई कारवाही गरिने बताए । यस विषयमा बुझेर अस्पतालमा अनुगमन गर्ने पौडेलको भनाई छ । ‘अक्सिजनको नाममा अस्पतालले त्यत्रो रकम असुल गर्न मिल्दैन । हामीलाई जानकारी आएको छ, अनुगमन गरेर आवश्यक कारवाही गर्छौँ,’ पौडेलले भने ।

प्रभु अस्पतालका सञ्चालक वरिष्ठ सर्जन डा. मनोज गुप्ता र स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी थापा गुप्ता हुन् । उनीहरु श्रीमान् श्रीमती हुन् । डा. गुप्ताले बिलमा त्रुटी भएको कारण भ्रम सृजना भएको बताए । विरामीलाई सीप्याप र भेन्टीलेटरमा राखीएपनि बिलमा त्रुटीबस अक्सिजन मात्र लेखिंदा भ्रम सृजना भएको डा. गुप्ताको कथन छ । उनले अस्पतालले विरामीसँग कुनै अनावश्यक शुल्क नलिएको दावी गरे ।

यसअघि पनि अस्पताल विभिन्न कारणहरुले विवादमा तानिदै आएको थियो । २०७६ पुष ९ गते प्रसुती गराउन अस्पताल गएकी वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ भगवती टोल बस्ने ३० वर्षीय अमृता श्रेष्ठको मृत्यु भएको थियो । त्यस्तै बाराको पचरौता नगरपालिका वडा नम्बर १ पिपरपाती पंचरौता निवासी २५ वर्षीय सुनिता देवीको पनि मृत्यु भएको थियो ।

एकैदिन अस्पतालकी डा. लक्ष्मी थापाले शल्यक्रिया गरेका दुई जनाको मृत्यु भएपछि मृतकका आफन्तहरुले चिकित्सकको लाइसेन्स खारेज गर्न भन्दै डा. थापाविरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता गराएका थिए । त्यसपछि पनि अस्पताल विभिन्न कारणवश विवादमा तानिदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]