२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

महोत्तरीमा निषेधज्ञाको मौका छोपी तस्कर गरिएका काठ बरामद

Logo
प्रकाशित बिहिबार, जेठ ०६, २०७८

महेश कुमार दास
महोत्तरी,६ जेष्ठ । कारोनाको दोस्रो लहर न्युनिकरणका लागि महोत्तरीमा पनि निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण सर्वसाधारणहरु घरभित्र बसेर आ–आफुलाई सुरक्षितय राखेका छन् तर वन तस्करहरुलाई भने निषेधाज्ञाले छेकेको देखिँदैन । निषेधाज्ञाकै मौकाछोपी तस्करहरु वन तस्करमा लिप्त भएका छन् ।

यस्को ज्वलन्त उदाहरण हो मंगलबार अवेर राति बर्दिवास नगपालिका ८ हात्तीलेटबाट अवैध सालको तस्करी गरि लग्दै गरेको ४० क्युफिट काठ वरामद हुनु हो । वन गस्ती टोलिले मंगलबार अवेर राति सागरनाथ वन विकास परियोजनाको हात्तिलेट युनिटको १० नम्बर पलोटबाट तस्करहरुले कटान गरि दश वटा साइकलमा तस्करी गरि लैजाँदै गरेको १० थान अर्थात ४० क्विुफिट काठ बरामद गरेका हुन ।

डिभिवन वन कार्यालय महोत्तरीको सशस्त्र वन सुरक्षा शाखा माइस्थानका रेन्जर सन्तोष कुमार यादवका अनुसार, मंगलबार अवेर राती उक्त काठ बरामद भएको हो । वन गस्ती टोलीलाई देखेपछि काठ तस्कर भने फरार भएको रेन्जर यादवले बताएको छ ।

रातिको समय र निषेधज्ञामा सर्वसाधारणको आवतजावत नरहने मौका छोपी तस्करहरुले जंगलबाट सालको काठ कटान गरि साईकलमा लहरै लगाएर लग्दै गरेको अवस्थामा वनगस्ती टोलि संग जम्काभेट भएपछि तस्करहरु साईकलमा लोड गरिएको काठ छाडेर फरार भएको उनले बताएको छ ।

वरामद भएको काठ र साईकल सहित वनगस्ती टोलिले आफनो नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]