१० माघ २०८२, शनिबार
24-01-2026 , Sat
×

प्रहरीको गोलिले अभिनाशको मृत्यु : डा सीके राउतले गरे सरकारसंग यस्तो माग

Logo
प्रकाशित बिहिबार, जेठ ०६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,६ जेष्ठ । बुधबार नवलपरासीमा प्रहरीको गोली लागेर ज्यान गुमाएका युवकको दोषीमाथि कडा कारबाहीको जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले माग गरेको छ ।

सीमाक्षेत्रको अस्पतालबाट आफ्नो बुवाको लागि अत्यावश्यक औषधी किन्न गएका नवलपरासी प्रतापपुर गाउँपालिका ६ का २२ वर्षीय अविनाश राजभरलाई प्रहरीले सिधै गोलि हानेर हत्या गरेको प्रति जनमत पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

विहिबार विहान जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले एक विज्ञप्ति जारी गर्दै मृतकको परिवारलाई ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउन सरकारसँग जोरदार माग गरेको छ ।

डा राउतले विज्ञप्तिमा भनेका छन्, अविनाश राजभरलाई नेपालका सशस्त्र प्रहरीले सीधै गोली हानेर गरेको नश्लीय हत्याप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । सोको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न तथा मृतकको परिवारलाई ५० लाख रुपैयाँ सहयोग स्वरुप उपलब्ध गराउन जनमत पार्टी माग गर्दछ ।

त्यसैगरी डा राउतले जारि गरेको विज्ञप्तिको २ नम्बरमा यस्तो लेखेका छन् –  “कोभिड- १९को दोस्रो लहरसँग जुझ्न नेपाल सरकारद्वारा गरिएको बंदाबंदी र जारी गरिएको निषेधाज्ञाको अवधि अधिकांश ठाउँमा झण्डै एक महिना पुग्न लाग्दा सो अवधिभर बहुसंख्यक गरीब, मजदूर तथा दैनिक ज्यालादारहरू काम गर्न बाहिर निस्कन सकेका छैनन् र उनीहरूको परिवार घरमा खानाको समस्या तथा भोकमरीसँग जुझ्दैछन्।”

उनीहरू घरबाहिर अत्यावश्यक कामले निस्के पनि प्रहरीको दमन र जरीवाना खेप्नु परेको डा राउतले सो विज्ञप्तिमा उल्लेख गरेको छ ।

राहतको आवश्यकता रहेका सम्पूर्ण घरपरिवारका लागि सरकारद्वारा राहतको अविलम्ब व्यवस्था गर्न जनमत पार्टी माग समेत गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]