०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

कोरोनालाई मजाक ठान्दै : गाउँकै भिड जम्मा गरेर मेयरले भत्काए घर

Logo
प्रकाशित बिहिबार, जेठ ०६, २०७८

श्रवण देव
जनकपुरधाम ,६ जेष्ठ । नयाँ भेरियन्टसहितको कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या निरन्तर बढ्दो छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा आफ्नै घरभित्र बस्न, भिडभाड नगर्न र सतर्कता अपनाउन भनिएको छ ।

धनु्षाको विदेह नगरपालिकामा भने स्थानीय सरकारकै अगुवाइमा निषेधाज्ञालाई मजाक बनाउने दृश्य देखिएको छ । बुधबार साँझ मेयर बेचन दास सय जनाभन्दा बढीलाई लिएर वडा नम्बर ६ मा पुगे । मेयरको साथमा गएकामध्ये अधिकांशले मास्क समेत लगाएका थिएनन् ।

मेयरको नेतृत्वमा गएका व्यक्ति कोरोना महामारीका बेला कुनै संक्रमितका लागि औषधि बोकेर अथवा आइसोलेसन तयार गर्न गएका होइनन् । मेयरसहित उनका साथमा गएका प्रायः हरेकका हातमा लाठी थियो । लाठीसहित गएका टोलीले वडा नम्बर ६ का एक जनाको निर्माणाधीन घर तोडफोड गरेका छन् ।

मेयर नेतृत्वको समूहले सार्वजनिक जग्गा हडपेको भन्दै सुफल मण्डलले बनाउन सुरु गरेको घर भत्काएका छन् । ‘म खेततिर गएको थिएँ । घरमा आमा, श्रीमती र भाइ थिए,’ मण्डलले भने, त्यही समयमा मेयरको नेतृत्वमा आएका व्यक्तिले घरमा रहेका व्यक्तिलाई हातपात गर्दै बनाउन सुरु गरिएको घर भत्काएका छन् ।’

उनका अनुसार मेयरको साथमा आएको जत्थाले आमा र श्रीमतीलाई हातपात गर्दै बलजफ्ती निर्माण हुँदै गरेको घर भत्काएका हुन् ।

‘धेरै होइन डेढ सय जना थियौं’

मेयर दासले सार्वजनिक जग्गा हडपेर मण्डलले घर निर्माण गरेकाले भत्काइएको स्वीकारे । मण्डलले खरीद गरेको जग्गामा डिहबार थानको सार्वजनिक जग्गा पनि मिसाएकाले त्यो बराबरको घर तोडिएको उनको दाबी छ ।

‘यो डिहबार थानका लागि मैले आफ्नै डेढ कठ्ठा जग्गा दिएको छु । तर, मण्डलले यहींको जग्गा अतिक्रमण गरेर घर बनाएपछि भत्काएका हौं,’ उनले भने ।

अतिक्रमण गरिएको सार्वजनिक जग्गा छाडेर घर निर्माण गर्न पटक–पटक नगरपालिकाबाट पत्राचार गरेको, अमिनलाई खटाएपनि नमानेकाले बाध्य भएर भत्काइएको उनले बताए । ‘घरको छत ढलान भइसकेपछि भत्काउन समस्या हुन्थ्यो, त्यहीं भएर अहिले नै भत्काएका हौं’ उनले भने ।

अनि, कोरोना संक्रमण तीव्र रुपमा बढेर निषेधाज्ञा लगाइएका बेला यत्रो भिड गर्नुपर्ने जरुरी के थियो रु भन्ने प्रश्नमा मेयर दासले भने, ‘हामी धेरै थिएनौं । डेढ सय जना जति थियौं ।’

यसमध्ये चारजनाले मात्रै घर भत्काएको उनले बताए । मेयरले चारजनाले भत्काएको बताएपनि त्यहाँ उपस्थित अधिकांशले मण्डलको घर भत्काएको दृश्य क्यामेरामा कैद भएको छ ।

कसैले सार्वजनिक जग्गा अतिक्रमण गरे कानूनी उपचार हुँदाहुँदै मेयर आफ्नै नेतृत्वमा कोरानाकालमा भिड जम्मा गरेर घर भत्काएको घटनालाई स्थानीयले आलोचना गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]