१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

‘तरकारी बारीमै सड्दा रुन मन लाग्छ’

Logo
प्रकाशित बिहिबार, जेठ ०६, २०७८

न्यूजमधेश डेस्क
कैलाली,६ जेष्ठ । जिल्लाको घोडाघोडी नगरपालिका –८ मा एक बिगाहामा तरकारी खेती गरेका रामलाल चौधरी आजभोलि बारीमा फलेका तरकारी बिक्री नभएपछि तनावमा हुनुहुन्छ ।

तरकारीले ठिक्क बजार पाउने बेला कोरोना सङक्रमण रोक्न प्रशासनले निषेधाज्ञा जारी गरेपछि तरकारी खपत हुने व्यवसाय बन्द हुँदा तरकारी बारीमै सडिरहेका छन् । करेला, तनेबोडी, लौका, फर्सी, काँक्रा, गोलभेडा लगाउनुभएका रामलालले सुखड, बौनिया, बलियालगायतका बजारमा आफ्ना उत्पादन बेच्दै आउनुभएको तर निषेधाज्ञाले चौपट भएको गुनासो गर्नुभयो ।

अहिले बजार बन्द भएको र वरपरका मानिसहरू तरकारी लिन आएपनि त्यो बिक्रीले व्यवसायमा केही फरक नपर्ने उहाँको भनाई छ । निषेधाज्ञाले व्यापार नहुँदा मेहेनत गरेर उब्जाएका तरकारी बारीमै सड्दा रुन मन लाग्ने चौधरीको भनाइ छ ।

सामान्य अवस्थामा एक सिजनमा तरकारी बेचेर पाँच लाख रुपैयाँसम्म बचत हुने गरेको रामलाल सुनाउनुहुन्छ । “तर के गर्नु दुःख ग¥यो ग¥यो, बेच्ने समयमा ठ्याक्कै बन्द हुन्छ, गत वर्ष पनि यही समयमा लकडाउनले तरकारी सबै खेर गयो”, रामलालले सुनाउनुभयो ।

रामलाल जस्तै सोही ठाउँका श्यामलाल चौधरी पनि तरकारी बिक्री गर्ने सिजनको समयमा निषेधाज्ञा भएपछि चिन्तित हुनुहुन्छ । श्यामलालले एक बिगाहामा उत्पादित तरकारी बिक्री गर्न पाउनु भएको छैन ।

“उत्पादित तरकारीले बजार नपाउँदा बैकको ब्याज तिर्न समस्या हुनुका साथै उत्पादित तरकारी बारीमै सड्दा निकै पिर लाग्ने गरेको छ”, श्यामलालको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]