०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

महोत्तरीमा ४ दिनदेखि बालक बेपत्ता

Logo
प्रकाशित शुक्रबार, जेठ ०७, २०७८

न्यूजमधेश डेस्क
महोत्तरी,७ जेष्ठ । महोत्तरीको सोनमा गाउँपालिका– ४ खेस्राहा गाउँका एक बालक विगत ४ दिनदेखि बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार स्थानीय शत्रुधन महतोका छोरा छ वर्षीय युवराज महतो मङ्गलबार बिहानदेखि बेपत्ता भएका हुन् ।

मङ्गलबार बिहान आफ्नै घर अगाडि खेलिरहेका बालकलाई आफूले प्रष्टसँग हेर्न नसकेको व्यक्तिले हातको औँला समाउँदै डुलाउन भनी गाउँतिर लगेको घर नजिकै गोठमा काम गरिरहेकी निजकी हजुरआमा चम्पादेवीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । उनकी हजुरआमाले गाउँ टोलकै कोही होला भन्दै चासो लिइकी थिइनन् ।

बिहान ११ः०० बजे नै बेपत्ता भएका बालक दिउँसो अबेरसम्म घर नफर्केपछि घरपरिवारमा चिन्ता बढ्यो र उनकी आमा सङ्गीतादेवीले रुन कराउन थालेपछि घरपरिवारसहित टोल छिमेक सबैले बालक युवराजको खोजतलास गर्न थाले । दिनभरि बालकलाई गाउँभरि खोजियो तर कतै कुनै पत्तो नलागेपछि खेस्राहा प्रहरी चौकीमा जानकारी गराएको उनका बुवा शत्रुधनले बताए ।

त्यसपछि प्रहरीले पनि बालकलाई छिमेकी गाउँमा पनि खोजतलास गरे । बालक फेला परेनन् । त्यसपछि परिवारजन र गाउँलेले बालक युवराजको खोजतलासका लागि इलाका प्रहरी कार्यालय गौशालामा अनुरोध गरेपछि प्रहरी निरीक्षक बस्यालले आफैँ र अरु प्रहरीसमेत परिचालन गरी मङ्गलबार अबेर साँझदेखि नै बालकको खोजतलासमा लागिपरेका छन् ।

प्रहरीले बालक युवराजलाई गाउँटोल, छरछिमेक, छिमेकी गाउँ, आफन्त, नातेदारका साथै अहिले सीमा क्षेत्र र सीमापारि भारतीय स्रक्षाकर्मीसँग समेत समन्वय गरेर सीमापारिसम्म पनि खोजतलास गरिरहेका छन् । अहिलेसम्म कुनै सुराक फेला नपरेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]