२४ फाल्गुण २०८२, सोमबार
09-03-2026 , Mon
×

जसपाको पूर्ण समर्थन ओलीलाई, प्रधानमन्त्री हुने निश्चित !

Logo
प्रकाशित शुक्रबार, जेठ ०७, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं, ७ जेष्ठ । जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज जसपाका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो पक्षका सांसदको बैठकले अहिलेका परिस्थितिमा प्रधानमन्त्री ओलीका पक्षमा उभिने निर्णय गरेको हो ।

नेता महतोले वर्तमान सरकारका प्रधानमन्त्री ओलीले मधेशका माग पूरा गराउने पहल गरिरहेकाले आफूहरुले ओलीलाई समर्थन जनाउने निर्णय गरेको बताए । “हाम्रा मुद्दालाई वर्तमान सरकारले सकारात्मक रुपमा लिएको हुनाले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने निर्णय गरिसकेका छौँ”, उनले भने ।

बैठकमा बिहीबार प्रधानमन्त्री ओलीसँगको छलफलबारे अध्यक्ष ठाकुर र नेता महतोले आफ्ना सांसदलाई ब्रिफिङ गरेका थिए । बैठकले निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिएको थियो ।

जसपाको निर्णयपछि प्रधानमन्त्री ओलीले आफ्नो पार्टीसहित जसपा सांसदहरुको समर्थनमा बहुमत सदस्यको हस्ताक्षरसहित प्रधानमन्त्रीमा आफ्नो दाबीसहित राष्ट्रपतिलाई निर्धारित समयअघि नै हस्ताक्षर बुझाइसकेका छन् । विपक्षी गठनधनबाट काँग्रेस सभापति शेरबहादुर देउवाले पनि बहुमतको दावी गर्दै राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]