१४ फाल्गुण २०८२, शुक्रबार
27-02-2026 , Fri
×

जनमत पार्टीद्वारा महोत्तरीमा वृक्षारोपण अभियान सुरु

Logo
प्रकाशित शुक्रबार, जेठ ०७, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,७ जेष्ठ । डा सीके राउत नेतृत्वको जनमत पार्टीले महोत्तरीमा निमको बोट लगाएर वृक्षारोपण अभियान सुरु गरेको छ ।

शुक्रबार जनमत पार्टी महोत्तरीका जिल्ला संयोजक बिरेन्द्र मण्डलले निषेधाज्ञाको मध्यनजर राखेर स्वास्थ्य मापदण्ड पालन गरेर वृक्षारोपण अभियान सुरु गरेको छ।

उनले भने ,अहिले अक्सिजनको कमीले धेरै जनाको अकालमै मृत्यु हुने गरेको सर्व वितिकै छ । चुरिया क्षेत्रमा भइरहेको वनविनाश र मरुभूमिकरणलाई रोक्नका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिदै आइरहेको संयोजक मण्डलले जानकारी दिए ।

वन बिनासका कारण मधेशमा पर्यावरणीय संकट बढेको भन्दै वृक्षारोपण अभियानलाई निरन्तरता दिएको जनमत पार्टीका नेता विश्वनाथ चौधरीले जानकारी दिए ।

उनले मधेसलाई मरु भूमीकरणबाट जोगाउन एक करोड विरुवा रोप्ने अभियान जनमत पार्टीले चलाएको छ ।

सोही अभियानलाई निरन्तरता दिनको लागि शुक्रबार जिल्लाको एकडारा गाउँपालिका र मठियानी नगरपालिकामा जनमत पार्टीका नेता तथा कार्यक्रताहरुले एकैसाथ निमको बोट रोपेर वृक्षारोपण अभियान सुरु गरेको छ ।

जनमत पार्टी महोत्तरीका संयोजक विरेन्द्र मण्डलले एकडारा गाउँपालिका ३ अजमरपट्टिमा आफ्नै घरमा निमको वृक्ष रोपेर अभियानलाई सुरु गरेको छ ।संयोजक मण्डलले जिल्लादेखि वडा तहसम्मका नेता तथा कार्यकर्तालाई कोरोना भाइरसको मध्यनजर गरेर स्वास्थ्य मापदण्ड पालन गरेर वृक्षारोपण गर्न निर्देशन दिएको छ ।

जनमत पार्टीले आफ्नो घोषणापत्रमा १ करोड वृक्षारोपण अभियानलाई आफ्नो प्राथमिकताका कार्यक्रममा राखेको छ । जनमत पार्टीका नेता कार्यकर्ताहरुले यो भन्दा अगाडी पनि निमको बोट मधेशका विभिन्न जिल्ला सहित काठमाडौंमा समेत वृक्षारोपण गरेको थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]