२९ माघ २०८२, बिहिबार
12-02-2026 , Thu
×

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक स्थायी कमिटी बैठक

Logo
प्रकाशित शनिबार, जेठ ०८, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,८ जेष्ठ । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक रूपमा स्थायी कमिटी बैठक बोलाएका छन्।

आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए। समसामयिक राजीतिक घटनाक्रमका विषयमा छलफल गर्न बैठक बोलाएको उनले बताए।

शुक्रबार प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी कात्तिक र मंसीरमा मध्यावधि चुनाव घोषणा गरेकी छिन्। यसको विपक्षी दलहरूले विरोध गरिररहेका छन्। यहि विषयमा एमालेको धारणा तय गर्न स्थायी कमिटी बैठक बोलाइएको जनाएको छ।

यससँगै प्रधानमन्त्रीको दाबीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्ने एमाले वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका सांसदका विषयमा पनि छलफल हुने जनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]