२४ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

प्रभु साहद्वारा रौतहटका सबै स्थानीय तहहरुलाई अक्सिजनसहित स्वास्थ्य सामग्री

Logo
प्रकाशित शनिबार, जेठ ०८, २०७८

संजय मिश्रा
रौतहट,८ जेष्ठ । निर्वतमान सहरी विकास मन्त्री प्रभु साहले रौतहटका सबै स्थानीय तहहरूलाई अक्सिजन सिलिण्डसहितको स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन्।

उनले व्यक्तिगत पहलमा जिल्लाको १८ वटै स्थानीय तहमा १० ओटाको दरले अक्सिजन सिलिण्डर, ३ ओटा सेनिटाइजर (५÷५ लिटरको), १ हजार ओटा मास्क, १५ ओटा अक्सीमीटर, १५ सेट पीपीई, ३ बक्स ग्लोब्सलगायतका स्वास्थ्य सामाग्री उलपब्ध गराएका हुन्।

उनले उपलब्ध गराएको अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामाग्री शुक्रबार गुजरा, कटहरिया र देवाही गोनाहीलगायतका नगरपालिकामा मन्त्री साहका पत्नी मौलापुर नगर प्रमुख रिना कुमारी साह हस्तान्तरण गरकी छिन्  ।

अन्य १६ वटा स्थानीय तहमा पनि अक्सिजनसहितको स्वास्थ्य सामग्री वितरण कार्य जारी रहेको मन्त्री साहका स्वकीय सचिव बिजय यादवले जानकारी दिएका छन ।

स्वास्थ सामग्री वितरण कार्यक्रममा मेयर साहका साथै निर्वतमान प्रदेश संसद कुन्दन कुशवाहा, कटहरीयाका मेयर सियाराम कुशवाहा, एमाले कटहरीयाका नगर अध्यक्ष योगेन्द्र साह, कटहरीयाका नगर प्रवक्ता चन्दन कुशवाहा, नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य रामजी साहलगायत उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]