०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

महामारीका बेला मनकारीको सहयोग

Logo
प्रकाशित शनिबार, जेठ ०८, २०७८

न्यूजमधेश डेस्क
जलेश्वर ,८ जेष्ठ । महोत्तरीको बर्दिबास नगरक्षेत्र कोरोना सङ्क्रमणबाट अति नै प्रभावित भएपछि अहिले बर्दिबास कोभिड–१९ व्यवस्थापन समितिका पदाधिकारीको प्राथमिकता फेरिएको छ ।

आफ्नो नगर तथा जिल्ला नै कारोनामुक्त बनाउनाका साथै पीडितको दुःखमा सहयोग गर्न अहिले उनीहरुलाई दिनरात फुर्सद छैन ।

स्थानीय मनकारीको एक समूहलाई बर्दिबासमा कोरोना महामारीका कारण रोजीरोटी गुमाएका मजदूर, असहाय, चौबिसै घण्टा सुरक्षामा खटिएका सुरक्षाकर्मी, पैदल यात्री र गरीबका लागि महोत्तरीको बर्दिबासमा खाद्यान्न बैंक सञ्चालन गरी दैनिक खाजा र खाना वितरण गर्न भ्याइनभ्याइ भएको प्रदेश नं २ प्रदेशसभा सदस्य शारदादेवी थापाले बताउनुभयो ।

बर्दिबासमा गरिरहेको यस महान् काम हेरेर कोभिड–१९ व्यवस्थापन समितिलाई राहत तथा कोरोना पीडितको उद्धारका लागि विभिन्न संस्थाले आर्थिक तथा जिन्सी सहयोग गरिरहेका छन् ।

सहयोगका क्रममा रोटरी क्लब बर्दिबासले रु दुई लाख ५६ हजार ५००, महोत्तरी होटल तथा पर्यटन व्यवसायी सङ्घ, बर्दिबास सहकारी सञ्जाल र बर्दिबास हेल्प फाउन्डेशनले रु डेढ÷डेढ लाख सहयोग गरेका छन् ।

त्यस्तै बर्दिबास उद्योग वाणिज्य सङ्घले खानाका लागि अभियान अवधिभर रासनको व्यवस्था गरेको सङ्घका महासचिव भवनाथ खतिवडाले बताउनुभयो । समितिका पदाधिकारीले विभिन्न व्यक्तिसित आर्थिक सहयोग मागेर, पदाधिकारीले आफूहरु पनि अनिवार्य पैसा दिने र अन्य व्यवसायीसमेतको सहयोगमा कोरोना कहर रहुन्जेलसम्म खाना खुवाउने अभियान जारी राख्ने जनाएका छन् ।

मानवता देखाउने समय आएको छ, ‘हुनेले दिनूस्, नहुने लिनूस’ भन्ने नाराका साथ बर्दिबास कोभिड–१९ व्यवस्थान समितिले खाद्यान्न बैंकमार्फत राहत विरतण गर्न थालेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । यसका अलावा सो समितिले कोरोनापीडितका लागि निःशुल्क एम्बुलेन्स तथा अक्सिजन सहयोग पनि गरिरहेको उहाँले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]