२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

प्रतिनिधि सभा विघटन राष्ट्रघाती कदम : माओवादी

Logo
प्रकाशित शनिबार, जेठ ०८, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,८ जेष्ठ । नेकपा ( माओवादी केन्द्र )ले प्रतिनिधि सभा विघटन गर्ने कार्यलाई राष्ट्रघाती कदम भनेको छ।

शनिबार माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रेस वक्तव्य जारी गरी प्रतिनिधि सभा विघटन गर्ने कार्यको विरोध गरेको छ। यसको विरुद्ध संघर्ष गर्ने जनाउँदै दाहालले वक्तव्यमा भनेका छन्, “हाम्रो पार्टी राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा भइरहेको यस प्रकारको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, प्रतिगामी एवं राष्ट्रघाती कदमको विरुद्ध कानूनी र राजनीतिक सबै प्रकारका संघर्ष गर्न प्रतिबद्ध छ।”

गत ५ पुसमा गरिएको प्रतिनिधि सभाको विघटनको घोषणाकै कडी भएको जनाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा बहुमत हुँदाहुँदै पनि प्रधानमन्त्री ओलीसँग मिलेर राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेको माओवादीको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]