२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

कलैयामा हत्या गरिएका दुई बालकको परिवारलाई राहत सामग्री

Logo
प्रकाशित आइतबार, जेठ ०९, २०७८

न्यूजमधेश डेस्क
वीरगञ्ज ,९ जेष्ठ । हत्या गरिएको अवस्थामा भेटिएका बाराको कलैया उपमहानगरपालिका–७ रंगपुरका ९ वर्षीय अमिन र ७ वर्षीय उसमान अंसारीको परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्ले संरक्षण नेपालसँगको सहकार्यमा सञ्चालन गरेको बाल हेल्पलाइन नं। १०९८ नेपाल बाराले अन्सारी परिवारलाई राहत सहयोग गरेको हो ।

जेठ ४ गते घाँटी रेटेर हत्या गरिएको अवस्थामा उनीहरुको शव भेटिएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

रोजगारीका लागि विदेश गएका उनीहरुका बुवा अब्दुल गफार अंसारी अहिले पनि उतै छन् । घरमा आमासँगै १२ र ५ वर्षीय २ जना छोरी र हजुरआमा छन् । परिवारको आर्थिक अवस्था एकदमै कमजोर छ ।

अन्सारी परिवारलाई चामल २ बोरा, आलु ५ किलो, प्याज ५ किलो, दाल ३ किलो, सोयाबिन १ किलो, नुन ५ प्याकेट, तेल, मसला लगायतका सामग्री हस्तान्तरण गरिएको संरक्षण नेपालका अध्यक्ष वृजमोहन कुशवाहाले जानकारी दिए ।

बाल हेल्पलाइनले बालबालिकाहरुको हकहित संरक्षण र प्रवर्द्धन गर्दै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]