१५ फाल्गुण २०८२, शनिबार
28-02-2026 , Sat
×

दाजुभाई नै जनप्रतिनिधी रहेको गाउँको दुर्दशा !

Logo
प्रकाशित आइतबार, जेठ ०९, २०७८

मनोज मोरबैता
जनकपुरधाम ,९ जेष्ठ। सामान्य बर्षा हुँदा समेत गाउँमा हिंडडुल गर्न नै समस्या हुन्छ । थोरै झरीले समेत गाउँ नै हिलाम्य बन्ने गर्छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ कपट्टीकनको व्यथा हो यो । यो ठाउँको विकासका लागि आफूले गर्ने हरेक काम गर्न तयार भएको पटक–पटक भाषण र प्रतिबद्धता व्यक्त गरे यहीं क्षेत्रबाट प्रदेश सांसदमा निर्वाचित रामअशिष यादवले । सांसद यादवको जन्मभूमी नै यहीं हो । तर, यहाँको अवस्था बर्षौदेखि दयनीय छ नै मुलुक संघीयतामा जाँदा पनि उस्तै छन् ।

यहाँसम्म कि यो ठाउँको वडा अध्यक्ष स्वयं सांसद यादवका भाई परमेश्वर यादव छन् । बिडम्बना दुई दाजुभाई नै जनप्रतिनिधी भएपनि यहाँ कहि पनि हुन सकेको छैन् ।

हल्का वर्षा भएपछी स्थानीय सर्वसाधारणलाई बाटोमा आवतजावतमा निकैनै कठिनाई भइरहेको स्थानीयले गुनासो गरेका छन ।

चुनावको समयमा आफ्नो गाउँलाई नमुना गाउँ बनाउने सपना देखाएका प्रदेश सांसद राम आशिष यादवको भाई वडा अध्यक्ष परमेश्वर यादवले अहिले सम्म एउटा सडक बनाउन नसकेपछि स्थानीयबासीले चिन्तित बनेका छन् ।

आफूहरुले ठुलै सपना बोकेर प्रदेश सांसदमा रामआशिष यादव र वडाध्यक्षमा परमेश्वर यादवलाई चुनाव जिताएको बताएका छन् । तर चुनाव जितेपछी गाउँ र क्षेत्रलाई नमूना नबाई आफ्नो स्वार्थ पुरा गर्नमा तल्लिन भएको स्थानीय युवाहरु बताउँछन् ।

स्थानीय एक युवाले भने, “जसले आफ्नो गाउँको एउटा बाटो बनाउन सक्दैनन् । ती व्यक्तिले मधेशलाई कसरी समृद्ध बनाउन सक्छन् ?”

सामाजिक संजालमा निकै भाइलर बनेका छन् । चार वटा तस्विर ।तर त्यो चारवटै तस्वीर प्रदेश सांसद राम आशिष यादवकै जन्मभूमि कनकपट्टिको हो । सो तस्वीर धेरै कुरा बताउछ ।
सडकमा जताततै खाल्टोको कारणले सर्वसाधारणलाई आवतजावतमा कठिनाई भैरहेको देखिन्छ । कयौ वर्षदेखि सडक मर्मत भएको छैन ।

सडकको छेउमा नाला बनेको वर्षौ भएको छ । तर ती नारामा जम्मा भएका पानीको निकास छैन । तर विडम्बना यस्तो छ । दाजु–भाईको नजर अहिले सम्म यता परेको छैन । अब कहिले दुवै दाइभाइको नजर यता तिर पर्ला भने आशामा स्थानीयबासीले बाटो हेरिरहेका छन् ।

यता ,सो सडकको विषयमा थप कुरा बुझन वडाध्यक्ष परमेश्वर यादव ,प्रदेश सांसद राम आशिष यादवलाई पटक पटक फोन सम्पर्क गरेपनि सम्पर्क हुन् सकेन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]