१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

प्रदेश २ का वीरगञ्‍ज भन्सार कार्यालयमा फाष्ट ट्रयाकबाट स्वास्थ्य सामग्रीको जाँच पास

Logo
प्रकाशित सोमबार, जेठ १०, २०७८

न्यूजमधेश डेस्क
वीरगञ्‍ज,१० जेष्ठ । प्रदेश २ का पर्सा जिल्लाको वीरगञ्ज भन्सार कार्यालयबाट ६ हजार घनमिटर अक्सिजन बोकेको ट्याङकर शनिबार राति काठमाडौंतर्फ गयो । तर त्यसको जाँच पासको प्रक्रिया भने आइतबार पूरा गरिएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार कोरोना महामारीमा अत्यावश्यक स्वास्थ्य सामग्रीमा पर्ने लिक्विड अक्सिजनको गाडीलाई भन्सारमा रोक्न नपर्नेगरी व्यवस्था मिलाइएको छ । त्यसका लागि भन्सार कार्यालयले भारतीय भन्सारसँग पनि समन्वय गरेको छ ।

आइसीपी भन्सार राति ९ बजेदेखि बिहान ९ बजेसम्म बन्द रहन्छ । त्यसैले रातिको समयमा आएका अत्यावश्यकीय स्वास्थ्य सामग्री बोकेका गाडीलाई पुरानो भन्सारबाट जाँच पास गराउन सकिने गरी व्यवस्था मिलाइएको वीरगञ्‍ज भन्सार कार्यालयले जनाएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार लिक्विड अक्सिजन बोकेको गाडी भारतीय होस् वा नेपाली कष्टम कतै पनि रोकिनु पर्दैन । ‘कोरोना संक्रमितलाई अक्सिजनको एकदमै जरुरी पर्छ, ५-१० मिनेट मानिसले अक्सिजन पाएन भने ज्यानै जान्छ ।’ प्रमुख पौडेलले भने ‘ त्यसैले पहिला गाडीलाई जान दिन्छौं, कागजी प्रक्रिया पछि मिलाउँछौं।’

अक्सिजनको चरम माग रहेकाले भारतबाट अक्सिजन लिएर आउने ट्यांकरलाई भन्सारमा कुनै रोकतोक विना निस्कन सक्ने व्यवस्था मिलाइएको उनले बताए । स्वास्थ्य सामग्री आयातकर्ताले भन्सार अधिकृतको ह्वाट्सएप, भाइबर, ईमेलमा वा फोटोकपी बुझाएपछि जाँचपास गरेर सामाग्री पठाइदिने गरेको उनको भनाइ छ ।

फाष्ट ट्रयाकबाट जाँच पास गर्नका लागि दुई जना भन्सार अधिकृत र ३ जना नायब सुब्बाको टोलीलाई जिम्मेवारी दिइएको छ । छिटो छरितो ढंगले स्वास्थ्य सामग्री आवश्यक भएको ठाउँमा पुगोस् भन्ने उद्देश्यले र्‍यापिड टिम गठन गरिएको प्रमुख भन्सार अधिकृत पौडेल बताउँछन् ।

७ ट्यांकर लिक्विड अक्सिजन भित्रियो

वीरगञ्ज भन्सार नाकाबाट हालसम्म सानो र ठूलो गरी ७ ट्याङकर अक्सिजन आयात भइसकेको छ । काठमाडौंको शंकर ग्यास उद्योगले वीरगञ्ज, भैरहवा र नेपालगञ्ज नाकाबाट अक्सिजन आयात गरी रहेको हो ।

भारतको झारखण्ड राज्यस्थित जमशेदपुरबाट ट्यांकरमा अक्सिजन ल्याउने गरिएको छ । लिक्विड अक्सिजन बोक्ने ट्यांकर सानो र ठूलो गरी दुई किसिमको हुन्छ । सानोमा ६ हजार र ठूलोमा ११ हजार ८ सय घनमिटरसम्म अक्सिजन अटाउँछ ।

सरकारले भन्सार छुट दिएकोले ५ सय ६५ रुपैयाँमा एक ट्यांकर अक्सिजन जाँचपास हुने गरेको छ । भन्सार एजेन्टले कागजातहरु पछि पेश गरेर जाचपासको प्रकृया पूरा गर्ने गरी अक्सिजन बोकेको ट्याङ्कर छोड्ने गरिएको छ ।

‘रक्सौल आइनपुग्दै भन्सारमा आयातकर्ताले जानकारी गराउँछन्, रक्सौलमा पनि रोकिदैन, हामी पनि रोक्दैनौं, सिधै उद्योगतर्फ प्रस्थान गर्न दिन्छौं ।’ प्रमुख भन्सार अधिकृत पौडेलले भने ।

वीरगञ्ज नाका हुँदै भित्रियो डेढ करोडको सामान

जेठ १ गतेदेखि ५ गतेसम्म भन्सार नाका हुँदै ११ लाख ९२ हजार मुल्य बराबरको २८ हजार ९ सय ९८ घनमिटर आयात भएको छ । जसबाट कार्यालयले २ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

लिक्विड अक्सिजनसहित नाकाबाट १ करोड ४८ लाख ४३ हजार मूल्य बराबरको स्वास्थ्य सामाग्री आयात भएका छन् । डाक्टरी उपकरण १ हजार ६ सय ७४ थान, अक्सिजन ग्यास सिलिण्डर २० थान, नाप्ने, परीक्षण गर्ने औजारहरु ७ सय ९९ थान, औषधि उपचारमा प्रयोग हुने फर्निचर ७२ थान र फेस मास्क १ लाख १० हजार थान भित्रिएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत शैलेन्द्र अधिकारीले जानकारी दिए ।

जसबाट कार्यालयले २५ लाख ३८ हजार रुपैयाँ राजश्व समेत संकलन गरेको छ । भन्सार विभागले सबैखाले स्वास्थ्य सामाग्रीमा नभई तोकिएको मालवस्तुमा मात्रै भन्सार छुट दिएको भन्सार कार्यालयले जनाएको छ ।

‘अक्सिजनमा भन्सार छुट छ, तर अक्सिमिटरमा छैन, आईसीयू बेडमा छुट छ तर नर्मल बेडमा छैन ।’ प्रमुख भन्सार अधिकृत पौडेलले भने ‘ भेन्टिलेटर लगायत सीमित वस्तुलाई मात्रै भन्सार छुट दिइएको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]