१८ कार्तिक २०८२, मंगलबार
04-11-2025 , Tue
×

झापामा शव व्यवस्थापनका लागि स्काउटरलाई प्रशिक्षित गरिँदै

Logo
प्रकाशित सोमबार, जेठ १०, २०७८

न्यूजमधेश डेस्क
दमक ,१० जेष्ठ । कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा नेपाली सेनालाई सघाउन स्काउटरलाई शव व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको छ ।

देशभर अहिले नेपाली सेनाको टोलीले मात्रै सङ्क्रमितको शव व्यवस्थापन गर्दै दाहसंस्कार गर्ने गरिएकोमा झापामा सेनालाई यो कार्यमा सघाउन थप जनशक्तिको व्यवस्थापन गर्ने उद्देश्यले स्काउटरहरुलाई आइतबारदेखि चार दिवसीय तालिम दिन शुरु गरिएको हो ।

नेपाली सेनासँगको सहकार्यमा शव व्यवस्थापनको तालिम सञ्चालन शुरु गरिएको नेपाल स्काउटका १ नम्बर प्रदेश समिति सदस्य राम पौडेलले बताउनुभयो ।

उहाँले सबै ठाउँमा सङ्क्रमितको शव व्यवस्थापन गर्न सेनालाई मात्रै हम्मेहम्मे परिरहेका कारण स्वयंसेवाका क्षेत्रमा क्रियाशील स्काउटरहरुलाई प्रशिक्षण दिइएकोे बताउनुभयो । उहाँका अनुसार बुधबारसम्म भद्रपुरमा सञ्चालन हुने सो तालिममा झापाका १७ स्काउटर सहभागी छन् ।

तालिमको पहिलो दिन श्री नयाँ श्रीनाथ गणका गणपति श्री अमरजङ्ग थापाले सिसिएमसी, डिसिएमसी, स्थानीय सरकार तथा विभिन्न सङ्घसंस्थाको भूमिकाबारे प्रस्ट पार्नुभएको थियो । नेपाली सेनाका तर्फबाट प्रशिक्षक लेफ्टिनेन्ट डा समीर पुडासैनीले कोरोनाका बारेमा प्रस्ट पार्दै शव व्यवस्थापनमा ध्यान पु¥याउनुपर्ने प्राथमिक तथा गहन विषयहरूमा प्रकाश पार्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]