०८ आषाढ २०८३, मंगलबार
23-06-2026 , Tue
×

जनमत पार्टीले गरे रक्तदान

Logo
प्रकाशित सोमबार, जेठ १०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१० जेष्ठ । डा सीके राउत नेतृत्वको जनमत पार्टीले महामारीमा रगतको अभाव हुन नदिने भन्दै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार पार्टीले रुपन्देही जिल्लाको भैरहवा स्थित नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा कार्यालय परिसरमा ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ २० जनाले रक्तदान गरेको जनमत पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राम केश गुप्ताले जनकारी दिएको छ ।

सो रक्तदान कार्यक्रममा पार्टीका नेता राजेश मौर्या, विष्णु सिंह लोध, हरिकेश हरिजन, लालजी कोहार, निधिलाल अशान्त, राधेश्याम केवट, चन्द्र सिंह, सुन्दर यादव, ओम प्रकाश धवल लगायतले रक्तदान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले रगतको अभावमा विरामीको अकालमै मृत्यु हुन नदिन रक्तदान कार्यक्रम गरिएको बताए । ‘कोभिड–१९ महामारीको बेला रगतको अभाव हुन सक्छ, निषेधाज्ञाका कारण रक्तदान कार्यक्रम हुन सकेका छैनन्, त्यसैले जनमत पार्टी नागरिकको ज्यान बचाउने अभियानमा लागेको छ, ’उनले भने ।

वातावरण संरक्षण गर्ने उद्देश्यले पार्टीले वृक्षारोपण अभियान समेत सञ्चालन गरेको उनको भनाइ छ ।

पार्टीका रुपन्देही जिल्ला इञ्चार्ज एवं केन्द्रीय सदस्य रामकेश गुप्ताको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा , नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका मन्त्री आर मोहम्मद खानको विशिष्ट आतिथ्यता तथा पार्टीका युवा नेता शम्भु यादवले कार्यक्रम संचालकको भूमिका खेलेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]