०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

गैर आवासीय मधेशी संघद्वारा गगनदेव परिवारलाई ६२ हजार आर्थिक सहयोग

Logo
प्रकाशित सोमबार, जेठ १०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१० जेष्ठ । वैदेशिक रोजकारको क्रममा साउदी अरेबियामा मृत्यु भएका परिवारलाई गैर आवासीय मधेशी संघले आर्थिक सहयोग गरको छ ।

करिब ६ महिना अगाडि कामकै सिलसिलामा ज्यान गुमाएका महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ११ का गगनदेव राय यादवको परिवारलाई जनमत पार्टीका महासचिव चन्दन सिंहको पहलमा गैर आवासीय मधेशी संघको सहयोगमा गगन देवको लाश घर पठाएको थियो।

सोही क्रममा महासचिव सिंहले गैर आवासीय मधेशी संघ साउदीका प्रतिनिधिहरूलाई गगनदेवको घरको अवस्था आर्थिक रुपमा कमजोर रहेको जानकारी गराएका थिए । त्यसपछि एनआरएमएका प्रतिनिधिहरूले आ– आफ्नो स्तरबाट संकलन गररे नेपाली रुपैयाँ ६२ हजरा महासचिव चन्दन सिंहको नाममा पठाइएको थियो।

सो रकम करिब एक हप्ता अगाडि पठाएको थिए । तर महामारीका कारण ग्रामीण भेगका बैंकहरू बन्द रहेकोले रकम निकालनमा निकै कठिनाई भएकोले रकम प्रदानमा समेत ढिला भएको जनमत पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिए ।

आइतबारबार गगनदेव राय यादवको घर पुगेर जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले कोरोना भाइरसको मध्यनजर गर्दै भिडभाड नगरी ६२ हजार रकम गगनदेवको श्रीमती र उनका छोरा सुधामा यादवलाई गैर आवासीय मधेशी संघ साउदीले पठाएको रकम महासचिव चन्दन सिंहले हस्तान्तरण गरको  छ ।

सो रकम हस्तान्तरण गर्न जनमत पार्टीका नेता सिंहेश्वर मण्डल र जनमत पार्टीका वडाध्यक्ष संतोष ठाकुर पनि पुगेका थिए ।

गगनदेवको परिवारलाई आफ्नो परिवार सम्झिएर एक एक रुपैया गररे जति जना सहयोग गर्न‘ र गैर आवासीय मधेशी संघका सम्पुर्ण प्रतिनिधिहरूलाई जनमत पार्टीका महासचिव सिंहले धन्यवाद समेत दिएका हुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]