१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

स्वास्थ्य सामग्री खरीद गर्न सरकारले गरे १२ अस्पतालको रकम निकासा

Logo
प्रकाशित सोमबार, जेठ १०, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१० जेष्ठ । सरकारले थप १२ अस्पताललाई कोरोना भाइरसको रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरीद गर्न रकम निकासा गरेको छ ।

अर्थ मन्त्रालले अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडियू जडान र पिसिआर मेसिन खरीद लागि थप १२ अस्पतालका लागि आज रु ८ करोड १० लाख निकासा दिएको हो ।

यसरी रकम प्राप्त गर्नेमा त्रिवि शिक्षण अस्पतालल रु ८० लाख, जिल्ला अस्पताल चौतारा रु ७५ लाख, जिल्ला अस्पताल दैलेख रु ७५ लाख, जिल्ला अस्पाताल धनकुटा रु ७५ लाख, जिल्ला अस्पताल जलेश्वर रु ७५ लाख, जिल्ला अस्पताल इलाम रु ७५ लाख रहेको छ ।

यस्तै जिल्ला अस्पताल संखुवासभा रु ८० लाख, रामेछाप अस्पताल रु ७५ लाख, चौरजहारी अस्पताल रुकुम पश्चिम रु ७५ लाख, टिकापुर अस्पताल कैलाली रु ७५ लाख, ओखलढुङ्गा अस्पताल रु २५ लाख र व्यास अस्पतालका रु २५ रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ंख्या मन्त्रालयले माग अनुसार अर्थ मन्त्रालयले कोभिड –१९ नियन्त्रण, उपचार तथा रोकथामका लागि आवश्यक सामग्री तथा पूर्वाधारको व्यवस्था गर्न विभिन्न समयमा सहमति दिँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]