०८ फाल्गुण २०८२, शनिबार
21-02-2026 , Sat
×

मधेशी एकता समाजको केन्द्रिय कार्यसमिति गठन ,वरिष्ठ सल्लाहकार डा. यादव

Logo
प्रकाशित मंगलबार, जेठ ११, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं, ११ जेष्ठ ।वैदेशिक रोजगारको सिलसिलामा दुबईमा बस्दै आइरहेका मधेशीहरुले “मधेशी एकता समाज” नामक सामाजिक संस्था गठन गरिएको छ।

दुबईमा बस्दै आएका मधेशीहरुले एक कार्यक्रम बिच मुकेश झाको अध्यक्षतामा केन्द्रीय कार्यसमिति गठन गरेका हुन ।

विदेशमा भएपनि मधेश र मधेशी समुदायका लागि आवाज उठाउने, विभिन्न दु:खसुखमा साथ दिने उद्देश्यका साथ यो संस्थाको स्थापना गरिएको अध्यक्ष झाले जानकारी दिनुभएको छ।

मधेशी हकअधिकारका साथै मधेशको कला, साहित्य, तथा संस्कृति प्रति समर्पित संगठनको पहिलो सभा दुबईमा सम्पन्न भएको हो । साथै मधेशी एकता समाज विश्वव्यापीरुपमा विस्तार गर्दै शाखा कार्यालयहरुसमेत खोलिने उनले जनाए ।

समाजको उपाध्यक्षमा लाल बाबु सिंह, कृष्णा ठाकुर, धर्मेन्द्र गोहियार, राम पुकार राउत, आयाज अन्सारी, महासाचिवमा मो शहनबाज हुसैन, कोषाध्यक्षमा अनिलकुमार साह, सचिवमा अमित साह, रोशन देव, मुकेश यादव, राधे यादव, राम साह, दिपेन्द्र पाजियार, मनोज यादव विशेष सचिवमा आई.टी. संयोजक ललित राय, सामाजिक संजाल संयोजक हरिदेब शर्मा, सांस्कृतिक संयोजकमा पप्पु यदाव, युवा संयोजकमा मुकेश जयसवाल रहेका छन् । प्रवक्तामा सन्तोष कुमार ठाकुर चयन भएका छन् ।

यसैगरी सदस्यहरु प्रमोद ठाकुर, देवेन्द्र मुखिया, दिपु यादव, राम पुकार पासवान, संजिव महर, राम किशोर मण्डल, पन्कज ठाकुर, सागिर साफहि, प्रबिन साह, लगायात छन् । यो संस्था नेपालमा पनि दर्ता गरिने जनाइएको छ ।

समाजले मधेशमा बोलिने सबै भाषा, धर्म र जातिलाई समान स्थान दिने, सबै राजनीति विचारधारासँग समदूरी कायम गरेर सहकार्य गर्ने, मूलभूत रुपमा यो संस्था कुनै पनि पार्टी विशेषको विचारधारालाई समर्थन गर्ने वा विरोध नगर्ने अध्यक्ष झाले प्रष्ट पारेका छन् ।

समाजको मुख्य उदेश्यहरु मधेशमा समाज उत्थानका लागि अग्रगामी जागरण तथा जनचेतना बढाउने कार्यक्रम, मधेशको हकअधिकार सुनिश्चित गर्ने कार्यक्रम, प्राकृतिक अपादामा सहयोग, शिक्षाको प्रवर्धन, सिप विकाश, कृषिमा आधुनिकीकरणमा सहयोग आदि कार्यक्रम गर्ने भनि सङ्गठनका बरिष्ठ सल्लाहकार डा. रबिन्द्र कुमार यादवले जानकारी गराएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]