११ फाल्गुण २०८२, मंगलबार
24-02-2026 , Tue
×

युवा जनमत संघद्वारा मृतक महरा परिवारलाई आर्थिक सहयोग

Logo
प्रकाशित मंगलबार, जेठ ११, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,११ जेष्ठ ।धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ८ स्थित मुराबारीमा क्यान्सरबाट मृत्यु भएका परिवारलाई युवा जनमत संघले आर्थिक सहयोग गरेको छ ।

डा सीके राउत नेतृत्वका जनमत पार्टीका जनवर्गीय संगठन युवा जनमत संघमा कतार ,दुबई र मलेसियामा आवद्ध रहेका युवाहरुले नेपाली २८३१० रुपैया क्यान्सरबाट मृत्यु भएका राजकिशोर महरा परिवारलाई सहयोग गर्नको लागि पठाएको थियो ।

मंगलबार जनमत पार्टी धनुषाका नेता तथा कार्यकर्ताहरु महराको घर पुगेर रहम हस्तान्तरण गरेको गैर आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय समिती सदस्य धनबिर ठाकुरले जानकारी दिएका हुन।

जनमत पार्टीका जिल्ला संयोजक दिपनारायण यादव क्षेत्र नम्बर १का क्षेत्रीय संयोजक बालकृष्ण साह र संघका अन्तर्राष्ट्रिय समिती सदस्य धनबिर ठाकुरको उपस्थितिमा राजकिशोर महराको श्रीमतीलाई २८३१० रुपैया हस्तान्तरण गरेको थियो।

महराको घरको अबस्थामा आर्थिक रुपमा पुरै कमजोर रहेको कारणले घर परिवार चलाउनको लागि आर्थिक सहयोग गरेको युवा संघका प्रतिनिधि महेश महतोले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]