१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिल प्रदेश २ द्वारा पत्रकार महासंघलाई स्वास्थ्य सामग्री

Logo
प्रकाशित बुधबार, जेठ १२, २०७८

न्यूजमधेश डेस्क
सप्तरी ,१२ जेष्ठ । आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिल प्रदेश २ ले सप्तरीका सञ्चारकर्मीहरूका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवण देवलाई आमसञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव र मिडिया काउन्सिलका अध्यक्ष शिबहरी भट्टराइले स्वास्थ्य सामाग्री हस्तान्तरण गरका हुन्  ।

हस्तान्तरित स्वास्थ्य सामग्रीमा सर्जिकल मास्क ५० थान, एन–९५ मास्क १० थान, सेनिटाइजर १०० एमएलको २ थान, पंजा २ थान, फेस सिल्ड २ थान) रहेका छन्।

कोरोना महामारी तिब्र रुपमा फैलिदैं गर्दा अग्रपंक्तिमा रहेर समाचार संकलन गर्ने संचारकर्मीहरूका लागि स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गर्नु अहिलेको आवश्यकता भएको आमसञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले बताए ।

उनले संचारकर्मीले अहिलेको विषम परिस्थितमा पनि ज्यानको बाजी थापेर समाचार संकलन तथा सम्प्रेण गरिरहेको बताए ।

स्वास्थ्य सामाग्री प्रदान गरको भन्दै महासंघ सप्तरी शाखाले आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिललाई धन्यावाद व्यक्त गरको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]