०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

जनकपुरधाम शिल गर्न प्रशासन संग उपमहानगरपालिकाको आग्रह

Logo
प्रकाशित बुधबार, जेठ १२, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१२ जेष्ठ । जनकपुरधाम उपमहानगरपालिकाले नगरलाई शिल गर्न प्रशासनसंग आग्रह गरेका छन् ।

कोरोना संक्रमणको दर कम नभएपछि प्रभावित वडालाई शिल गर्न जिल्ला प्रशासन कार्यालय धनुषासंग माग गरकोे हो।

पालिकाका प्रमुख प्रशासशकीय अधिकृत विनोदकुमार खड्काका अनुसार तीन दिन पहिले बसेको नगर कोभिड संकट व्यवस्थापन समितिको बैठकले शिल गर्ने निर्णय गरको े थियो। स्थानीय प्रशासनसंग पालिकालाई शिल गर्नअनुरोध गर्दै पत्र लेखेको थियो। मंगलबारसम्म जिल्ला प्रशासन कार्यालय धनुषाले शिल गर्न अनुमती पत्रको जवाफ फर्काएको छैन ।

जनकपुरधामको स्थानीय बजारमा मानिसहरूको लापरवाहीका कारण शिल गर्ने निर्णय भएको उनको भनाई छ । पालिका शिल भएपछि कोरोना संक्रमणको संख्यमा नियन्त्रण हुने उनको अनुमान छ ।

पालिकाले रल्वे स्टेसन, पेठिया बजार, महावीर चोक, जानकी चोक, रामानन्द चोक तरकारी बजारलगायत भिडभाड हुने ठाउँमा प्रशासनको निगरानी बढाउनसमेत अनुरोध गरका छन् े ।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाले गोपाल धर्मशालामा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा अतिआवश्यक सामग्री म्याट्रेस, तन्ना, जग, पानी तताउने मेसिन,साबुन, औषधि किट, टुथपेष्टलगायत सामग्री कम्तीमा एक सय सेट खरिद गर्ने निर्णय गरको हो।

दिनप्रतिदिन संक्रमित बढ्दै गएपछि गोपाल धर्मशालामा रहेको ३० बेडको आइसोलेशसनलाई ५० बेडमा रुपान्तरण गर्ने तयारी थालेको हो। पालिकाले ७ लिटर क्षमताको थप ३० वटा अक्सिजन सिलिण्डर खरिद गर्ने प्रकृया पनि अगाडी बढाएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]