०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

कोरोना कहर : रौतहटका यातायात मजदुरलाई छाक टार्नै मुस्किल

Logo
प्रकाशित बुधबार, जेठ १२, २०७८

न्यूजमधेश डेस्क
रौतहट ,१२ जेष्ठ । अघिल्लो सालको बन्दाबन्दीको पीडा सेलाउन नपाउँदै फेरि निषेधाज्ञा र लकडाउन सुरु भएपछि रौतहटका होटल मजदुर, यातायात मजदुर ई–रिक्साचालक तथा ठेलाचालकको चुल्लो नबल्ने अवस्था आएको छ । बस चल्न नपाएका कारण चन्द्रनिगाहपुर गौर रोडमा चल्ने बसका मजदुरलाई दुई छाक खान पनि धौधौ परेको उनीहरूको गुनासो रहेको छ ।

दिनभरि चन्द्रनिगाहपुर र गौरमा ठेला चलाएर घर चलाउँदै आएका ठेला मजदुरले समेत काम अभावमा खान समस्या भएको गुनासो गरेका छन् । जिल्लाका विभिन्न स्थानमा ई–रिक्सा चलाएर जीवन चलाउँदै आएकाहरूको घरमा खाने चामल नभएर चरम समस्या आएको रिक्साचालक केदारप्रसाद तिमल्सिनाले बताए ।

चन्द्रनिगाहपुर–गौर सडकखण्डमा विगत लामो समयदेखि सवारीचालकको काम गर्दै आएका सञ्जीव यादवले बस थन्केका कारण परिवारलाई खुवाउन समस्या परेको गुनासो गरे । ‘दिनभरि बस चलाएर साँझ भत्ता ल्याएर चामल, तरकारी किनेर खाने हामी मजदुर लकडाउन र निषेधाज्ञाले ठूलो समस्यामा परेका छौँ, हाम्रो समस्या हेर्ने कोही भएन,’ उनले गुनासो गरे ।

रौतहट जिल्लाको चन्द्रनिगाहपुरबाट लामो तथा छोटो दूरीका गरी ७२ भन्दा धेरै बस जिल्लाभरि चल्ने गरेकामा अघिल्लो सालदेखिको बन्दाबन्दीले सेवा बन्द भएसँगै ती बसमा काम गर्ने मजदुरका परिवारमा खाद्यान्न अभाव रहेको रौतहट बस व्यवसायी सेवा प्रालि चन्द्रनिगाहपुरका इन्चार्ज शैलेश गिरीले बताए । रौतहट बस व्यवसायी सेवा प्रालिमा आबद्ध करिब तीन सय यातायात मजदुर कोरोना कहरले भन्दा खान नपाएर समस्याले मर्ने अवस्थामा पुगेको भए पनि त्यसतर्फ सम्बन्धित निकायले चासो नदिएको गिरीको भनाइ छ ।

दिनभरि काम गरेर कमाएर ल्याएको पैसाले परिवार पाल्दै आएकोमा पछिल्लो समयको बन्दाबन्दीका कारण परिवार पाल्न धेरै समस्या भएको चन्द्रनिगाहपुरका अर्का बस मजदुर वीरेन्द्र पटेलले बताए । गौर– काठमाडौंं चल्ने आफ्नो बस चलाउन नपाउँदा राखैकै ठाउँमा बसको टायर र बडी नै कुहिने अवस्थामा पुगेको र बैंकको ब्याजसमेत तिर्न नपाएको धुम थ्री नामको बसका सञ्चालक दीपक तिमल्सिनाको गुनासो छ ।

उनले राज्यले निषेधाज्ञा लकडाउनको विकल्प खोजेर यातायात सञ्चालनको व्यवस्था गरे आफूहरूले राहत पाउने बताए । बन्दाबन्दीका कारण बस मजदुरजस्तै समस्यामा रौतहटमा ठेला चलाएर जीविका चलाउने मजदुरहरू पनि परेका छन् । ठेला चलाएर जीविका चलाउँदै आएका मोहमद सम्सुल हक बन्दाबन्दीका कारण परिवार पाल्न समस्या भएको बताउँछन् । जिल्लाको चन्द्रनिगाहपुर क्षेत्रमा रहेका साना तथा ठूला होटेल बन्द हुँदा ती होटेलमा काम गर्ने मजदुरको रोजगारी नै गुमेको छ ।नयाँ पत्रीकामा छापिएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]