२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

कोरोना कहर : रौतहटका यातायात मजदुरलाई छाक टार्नै मुस्किल

Logo
प्रकाशित बुधबार, जेठ १२, २०७८

न्यूजमधेश डेस्क
रौतहट ,१२ जेष्ठ । अघिल्लो सालको बन्दाबन्दीको पीडा सेलाउन नपाउँदै फेरि निषेधाज्ञा र लकडाउन सुरु भएपछि रौतहटका होटल मजदुर, यातायात मजदुर ई–रिक्साचालक तथा ठेलाचालकको चुल्लो नबल्ने अवस्था आएको छ । बस चल्न नपाएका कारण चन्द्रनिगाहपुर गौर रोडमा चल्ने बसका मजदुरलाई दुई छाक खान पनि धौधौ परेको उनीहरूको गुनासो रहेको छ ।

दिनभरि चन्द्रनिगाहपुर र गौरमा ठेला चलाएर घर चलाउँदै आएका ठेला मजदुरले समेत काम अभावमा खान समस्या भएको गुनासो गरेका छन् । जिल्लाका विभिन्न स्थानमा ई–रिक्सा चलाएर जीवन चलाउँदै आएकाहरूको घरमा खाने चामल नभएर चरम समस्या आएको रिक्साचालक केदारप्रसाद तिमल्सिनाले बताए ।

चन्द्रनिगाहपुर–गौर सडकखण्डमा विगत लामो समयदेखि सवारीचालकको काम गर्दै आएका सञ्जीव यादवले बस थन्केका कारण परिवारलाई खुवाउन समस्या परेको गुनासो गरे । ‘दिनभरि बस चलाएर साँझ भत्ता ल्याएर चामल, तरकारी किनेर खाने हामी मजदुर लकडाउन र निषेधाज्ञाले ठूलो समस्यामा परेका छौँ, हाम्रो समस्या हेर्ने कोही भएन,’ उनले गुनासो गरे ।

रौतहट जिल्लाको चन्द्रनिगाहपुरबाट लामो तथा छोटो दूरीका गरी ७२ भन्दा धेरै बस जिल्लाभरि चल्ने गरेकामा अघिल्लो सालदेखिको बन्दाबन्दीले सेवा बन्द भएसँगै ती बसमा काम गर्ने मजदुरका परिवारमा खाद्यान्न अभाव रहेको रौतहट बस व्यवसायी सेवा प्रालि चन्द्रनिगाहपुरका इन्चार्ज शैलेश गिरीले बताए । रौतहट बस व्यवसायी सेवा प्रालिमा आबद्ध करिब तीन सय यातायात मजदुर कोरोना कहरले भन्दा खान नपाएर समस्याले मर्ने अवस्थामा पुगेको भए पनि त्यसतर्फ सम्बन्धित निकायले चासो नदिएको गिरीको भनाइ छ ।

दिनभरि काम गरेर कमाएर ल्याएको पैसाले परिवार पाल्दै आएकोमा पछिल्लो समयको बन्दाबन्दीका कारण परिवार पाल्न धेरै समस्या भएको चन्द्रनिगाहपुरका अर्का बस मजदुर वीरेन्द्र पटेलले बताए । गौर– काठमाडौंं चल्ने आफ्नो बस चलाउन नपाउँदा राखैकै ठाउँमा बसको टायर र बडी नै कुहिने अवस्थामा पुगेको र बैंकको ब्याजसमेत तिर्न नपाएको धुम थ्री नामको बसका सञ्चालक दीपक तिमल्सिनाको गुनासो छ ।

उनले राज्यले निषेधाज्ञा लकडाउनको विकल्प खोजेर यातायात सञ्चालनको व्यवस्था गरे आफूहरूले राहत पाउने बताए । बन्दाबन्दीका कारण बस मजदुरजस्तै समस्यामा रौतहटमा ठेला चलाएर जीविका चलाउने मजदुरहरू पनि परेका छन् । ठेला चलाएर जीविका चलाउँदै आएका मोहमद सम्सुल हक बन्दाबन्दीका कारण परिवार पाल्न समस्या भएको बताउँछन् । जिल्लाको चन्द्रनिगाहपुर क्षेत्रमा रहेका साना तथा ठूला होटेल बन्द हुँदा ती होटेलमा काम गर्ने मजदुरको रोजगारी नै गुमेको छ ।नयाँ पत्रीकामा छापिएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]