१६ पुष २०८२, बिहिबार
01-01-2026 , Thu
×

पत्रकार महासंघका अध्यक्ष पोखरेल सवार कार दुर्घटना

Logo
प्रकाशित बुधबार, जेठ १२, २०७८

न्यूजमधेश डेस्क
दाङ,१२ जेष्ठ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल सवार कार दाङमा दुर्घटनामा परेको छ ।

अध्यक्ष पोख्रेलको प्रदेश ३—०१, ०२२ च ९२२६ नम्बरको निजी कारमा पोखरेलसहित दाङ जिल्ला अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम सवार थिए ।

गौतमको टाउकोमा चोट लागेको र अरुलाई खासै केही नभएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिए ।

अहिले गौतमको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

कारलाई तुलसीपुरको उद्योग वाणिज्य संघ नजिकै रा १ च ९५५ को स्कारपियोले ठक्कर दिएको हो ।

ठक्कर दिने गाडीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लगिसकेको छ ।

कार पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

गत चैत २५ गते नेपाल पत्रकार महासंघको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित भएपछि अध्यक्ष पोख्रेल पहिलोपटक गृहजिल्ला दाङ आउनुभएको हो ।

हिजो घोराहीका पत्रकारहरुसँग भेटघाट गर्नुभएका अध्यक्ष पोख्रेल आज तुलसीपुरका पत्रकारहरुसँग भेटघाटका लागि त्यहाँ जानुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]