१५ फाल्गुण २०८२, शनिबार
28-02-2026 , Sat
×

वर्षा शनिबारसम्म जारी रहने सम्भावना, सतर्कता अपनाउन आग्रह

Logo
प्रकाशित बिहिबार, जेठ १३, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१३ जेष्ठ ।भारतमा विध्वंस मच्चाएको शक्तिशाली चक्रवात यासको प्रभावले केही दिनयता नेपालमा वर्षा र हिमपात जारी छ। यो क्रम कम्तीमा शनिबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखामा कार्यरत मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार रातिदेखि वर्षा भइरहेको छ। यसबीच कतिपय स्थानमा भारी वर्षासमेत भएको छ।

अहिले (बिहीबार बिहान) प्रदेश १, प्रदेश २ बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा जारी छ।

यासको प्रभाव अझै केही दिन रहने र अहिलेसम्मको अनुमानअनुसार कम्तीमा शनिबारसम्म वर्षा र हिमपातको क्रम जारी रहने भएको होसियारी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

मौसम महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान :

जेष्ठ १३ गते बिहीबार
दिउँसो : देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।देशका हिमाली/उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ।

राति : देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशका अधिकांश स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, तथा गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी, बागमती र प्रदेश १ का हिमाली/उच्च पहाडी भूभागका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षा को सम्भावना छ।

जेष्ठ १४ गते शुक्रबार
दिउँसो : देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। देशका हिमाली/उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ।

राति : देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। देशका हिमाली/उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात/वर्षा को सम्भावना छ।

जेष्ठ १५ गते शनिबार
दिउँसो : देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशका हिमाली/उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भेगका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। देशका हिमाली/उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, बागमती र प्रदेश १ का हिमाली/उच्च पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]