१२ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

कोरोना नियन्त्रणमा जनप्रतिनिधि र प्रजिअबीच विवाद

Logo
प्रकाशित शुक्रबार, जेठ १४, २०७८

न्यूजमधेश डेस्क
सर्लाही ,१४ जेष्ठ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस९कोभिड १९० सङ्क्रमणको दोस्रो लहर व्यावस्थापनको काममा प्रभावकारी भूमिका नखेलेको भन्दै सर्लाहीका जनप्रतिनिधिहरु र प्रमुख जिल्ला अधिकारीबीच विवाद बढेको छ ।

जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएपछि जिल्लाका स्थानीय निकायका प्रमुखहरुले स्थानीय निकाय ‘सिल’ गर्नु पर्ने सुझाव दिएअनुसार निर्णय नगर्दा जनप्रतिनिधिहरु र प्रमुख जिल्ला अधिकारीबीच विवाद बढेको हो ।

जिल्लामा झन्डै तीन महिनाअघि सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले कोरोना महामारीमा निषेधाज्ञा लगाउनेबाहेक अरू कुनै पनि सहकार्य नगरेको जनप्रतिनिधिहरूको आरोप छ ।

समुदायस्तरमा सङ्क्रमण फैलिएसँगै अक्सिजनको ज्यान गुमाउनेको सङ्ख्या बढेपछि प्रमुख जिल्ला अधिकारीलाई अक्सिजनको अभाव टार्न पटकपटक आग्रह गरिए पनि समस्याको समाधानतर्फ कुनै पहल नभएको बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयबाट कोरोना सङ्क्रमणतर्फ कुनै पहल नभएपछि लालबन्दी, हरिवन, वागमती र इश्वरपुर नगरपालिका महामारीलाई रोक्न आफैं व्यवस्थापनमा जुटेका छन् ।

लालबन्दीले २० शैयाको अक्सिजनसहितको अस्थायी कोरोना अस्पताल बनाएको छ भने हरिवनले १०० शय्याको अस्थायी कोरोना अस्पताल बनाएको छ । ‘‘

यो महामारीमा अक्सिजनको चाप रहेको बेला यसको व्यवस्थापन गर्न चुनौती छ’’, प्रजिअ तामाङ्ले भन्नुभयो ।

यस्तै लालबन्दी नगरपालिका—९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहितको २० शय्याको अस्थायी कोरोना अस्पताल, हरिवन नगरपालिकाले १०० शय्याको अक्सिजनसहितको अस्थायी कोरोना अस्पताल निर्माण गरिसकेको छ ।

जिल्लाका केही स्थानीय निकायहरुले स्वाब सङ्कलन र कन्ट्र्याक्ट ट्रेसिङलाई पनि प्राथमिकताका साथ सञ्चालन गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]