०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

माल्दिभ्समा कोरोनाबाट अहिलेसम्म १५१ को मृत्यु

Logo
प्रकाशित शुक्रबार, जेठ १४, २०७८

न्यूजमधेश डेस्क
माले, १४ जेष्ठ । कोरोनाभाइरसका कारण माल्दिभ्समा अहिलेसम्म १५१ जनाको मृत्यु भएको छ ।

तीमध्ये तीन जनाको निधन पछिल्लो २४ घण्टामा भएको भन्दै सरकारी अधिकारीहरुले बिहीबार विवरण सार्वजनिक गरेका छन् ।

स्वास्थ्य प्रबद्र्धन निकायलाई उदृत गर्दै सार्वजनिक गरिएको विवरण अनुसार कोरोनाका कारण यो महिना मात्रै ७४ जनाको मृत्यु भएको छ ।

यसअघि सन् २०२० को मार्च र डिसेम्बरको बीचमा ५१ जनाको मृत्यु भएको थियो ।

महामारी नियन्त्रणका लागि सरकारले विभिन्न उपायहरु अपनाइरहेको र महामारी नियन्त्रणलाई उच्च प्राथमिकता दिएको सरकारी अधिकारीहरुको दावी छ ।

माल्दिभ्समा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कूल सङ्ख्या एक हजार २९९ रहेको छ ।

देशभरी कूल ६० हजार ९४३ जनाको कोरोना परीक्षण गर्दा त्यति मानिसमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

माल्दिभ्समा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या २५ हजार ४१९ रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

सक्रिय सङ्क्रमितमध्ये २७० जना मात्रै अस्पताल भर्ना भएका छन् भने अन्यले घरमै बसेर कोरोनाविरुद्ध संघर्ष गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]