२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

जनकपुरमा महामारी नियन्त्रण तथा व्यस्थापन समितिले नि:शुल्क खाना खुवाउदै

Logo
प्रकाशित शुक्रबार, जेठ १४, २०७८

मनोज मोरबैता 
जनकपुरधाम ,१४ जेष्ठ । प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामका विभिन्न अस्पतालमा उपचार गराइ रहेका कोरोना संक्रमित विरामीले सहजै खाना पाउने अवस्था नभएपछि महामारी नियन्त्रण तथा व्यवस्थापन समितिले २२ दिनदेखी निरन्तर निःशिल्क खाना खुवाउदै आइरहेको छ ।

भोकले कसैलाई ज्यान नगुमाउनु परौस भन्ने मुलनाराका साथ महामारी नियन्त्रण तथा व्यवस्थापन समितिले कोरोना संक्रमित र अन्य विरामसहित कुरुवाहरूलाई निःशुल्क खाना खुवाउने अभियान चलाएको हो।

महामारी नियन्त्रण तथा व्यवस्थापन समितीका सदस्य कैयुम राइनले भने, ‘अहिले निशेधज्ञाको अवस्था छ , एक त मानिसहरूसंग रोजगारी छैन त्यसमाथी अस्पतालमा भर्ना भएकालाई त आर्थिक स्रोत जुटाउन झैनै अप्ठ्यारो हुन्छ’ उनले बताए ।

महामारी नियन्त्रण र व्यवस्थापन समितिले जनकपुरधाममा आज २२ दिनदेखी विभिन्न अस्पतालमा रहेका विरामि ,कुरुवाहरूलाई निःशुल्क खाना वितरण गरिदै आइरहेको छ । प्रत्येक दिन १ सय ५० जना भन्दा बढी विरामी र कुरुवाहरूलाई खाना खुवाउदै आएको छ । अहिले सम्म जम्मा ३ हजार भन्दा बढी विरामी र कुरुवाहरूलाई निःशुल्क खाना वितरण गरको महामारी नियन्त्रण तथा व्यवस्थापन समितिले बताएको छ ।

आफ्नो ज्यानको प्रवाह नगरी दिन रात कोरोना संक्रमित र कुरुवाहरूको खाना खुवानुमा व्यस्त रहेका हुन्।

महामारी नियन्त्रण तथा व्यवस्थापन समितीका सदस्य कैयुम राइन, मनिशा शाह, वसन्त साह, अकाश साह, कुनाल शर्मा, अक्षय अधिकारी, अभिषेक झा, सिबेन्द्र कुमार साह, सार्थक बछार, अशोक साह, सलामत राइन, विकास बिमल साह र अनान्द बिक्रम साहसमेत रहेको निरज नेपालले जानकारी दिएका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]