०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

जनकपुरमा महामारी नियन्त्रण तथा व्यस्थापन समितिले नि:शुल्क खाना खुवाउदै

Logo
प्रकाशित शुक्रबार, जेठ १४, २०७८

मनोज मोरबैता 
जनकपुरधाम ,१४ जेष्ठ । प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामका विभिन्न अस्पतालमा उपचार गराइ रहेका कोरोना संक्रमित विरामीले सहजै खाना पाउने अवस्था नभएपछि महामारी नियन्त्रण तथा व्यवस्थापन समितिले २२ दिनदेखी निरन्तर निःशिल्क खाना खुवाउदै आइरहेको छ ।

भोकले कसैलाई ज्यान नगुमाउनु परौस भन्ने मुलनाराका साथ महामारी नियन्त्रण तथा व्यवस्थापन समितिले कोरोना संक्रमित र अन्य विरामसहित कुरुवाहरूलाई निःशुल्क खाना खुवाउने अभियान चलाएको हो।

महामारी नियन्त्रण तथा व्यवस्थापन समितीका सदस्य कैयुम राइनले भने, ‘अहिले निशेधज्ञाको अवस्था छ , एक त मानिसहरूसंग रोजगारी छैन त्यसमाथी अस्पतालमा भर्ना भएकालाई त आर्थिक स्रोत जुटाउन झैनै अप्ठ्यारो हुन्छ’ उनले बताए ।

महामारी नियन्त्रण र व्यवस्थापन समितिले जनकपुरधाममा आज २२ दिनदेखी विभिन्न अस्पतालमा रहेका विरामि ,कुरुवाहरूलाई निःशुल्क खाना वितरण गरिदै आइरहेको छ । प्रत्येक दिन १ सय ५० जना भन्दा बढी विरामी र कुरुवाहरूलाई खाना खुवाउदै आएको छ । अहिले सम्म जम्मा ३ हजार भन्दा बढी विरामी र कुरुवाहरूलाई निःशुल्क खाना वितरण गरको महामारी नियन्त्रण तथा व्यवस्थापन समितिले बताएको छ ।

आफ्नो ज्यानको प्रवाह नगरी दिन रात कोरोना संक्रमित र कुरुवाहरूको खाना खुवानुमा व्यस्त रहेका हुन्।

महामारी नियन्त्रण तथा व्यवस्थापन समितीका सदस्य कैयुम राइन, मनिशा शाह, वसन्त साह, अकाश साह, कुनाल शर्मा, अक्षय अधिकारी, अभिषेक झा, सिबेन्द्र कुमार साह, सार्थक बछार, अशोक साह, सलामत राइन, विकास बिमल साह र अनान्द बिक्रम साहसमेत रहेको निरज नेपालले जानकारी दिएका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]