२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

महामारी रोकथाममा स्वयंसेवा गर्दै नेपाल स्काउट

Logo
प्रकाशित शनिबार, जेठ १५, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१५ जेष्ठ । नेपाल स्काउटले कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सुरक्षात्मक क्रियाकलापलगायत विभिन्न सामाजिक गतिविधिलाई अभियानकै रुपमा जारी राखेको छ ।

गतवर्ष महामारी शुरु भएपछि स्काउटले युनिसेफसँगको सहकार्यमा कोरोनाबाट बच्न हात धुने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र स्यानिटाइजरको प्रयोग गर्ने लगायतका सुरक्षात्मक क्रियाकलाप परिपालन गर्न गराउन शुरु गरेको तथा देशव्यापीरुपमा एसएमएस अभियानलाई अहिले परिमामर्जनसहित निरन्तरता दिएको छ । यस अभियानमा ४०० स्काउट स्वयंसेवक प्रत्येक दिन कोरोना सङ्क्रमणबाट बच्ने उपाय सिकाउँदै सक्रियरुपमा लागिरहेको स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताउनुभयो ।

स्काउटले खोप केन्द्रमा सहजीकरण गर्ने क्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानका २१ खोप केन्द्रमा १२५ स्काउट स्वयंसेवी परिचालन गरेको छ भने चिकित्सकसँग बिरामीलाई सम्पर्क गराउन प्रदेश नं। १, बाग्मती र लुम्बिनी प्रदेशमा अनलाइन स्वास्थ्य परामर्श सेवा सञ्चालन गरेको छ । परामर्शबाट हालसम्म ५९ जना चिकित्सकले करीब ५०० भन्दा बढी बिरामीलाई सेवा दिएका छन् ।

यसैगरी स्काउटले कोभिड भन्दा बाहेकका अन्य बिरामीका लागि एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । यो सेवामा स्काउटको वागमती प्रदेश समिति सदस्य अजित लामा, प्रदेश समिति सदस्य एवं पर्वतारोही प्रकाशराज पाण्डे र ललितपुर महानगर समिति सदस्य विकेन्द्र महर्जन परिचालित रहनुभएको छ ।

यस्तै स्वास्थ्यकर्मीलाई सम्मान र प्रोत्साहनका लागि ‘स्यालुट’ कार्यक्रम, विभिन्न स्थानमा पशुपक्षीलाई आहार वितरण, हेल्प डेस्कको स्थापना, शव व्यवस्थापन, विद्यालयमा मास्क वितरण, हात धुने स्थल स्थापना र सञ्चालन गरिएको संयोजक भण्डारीले जानकारी दिनुभयो ।

सङ्क्रमण फैलनबाट रोक्न ७५ स्थानमा सार्वजनिक हात धुने स्थानको स्थापना गरिएको थियो । सो कार्यमा स्काउटका छ सय २५ स्काउट स्वयंसेवी खटिएका थिए भने ४९ हजार ४३४ नागरिकले प्रत्यक्ष लाभ लिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]