०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

जनकपुरधामको ऐतिहासिक मन्दिर कुपेश्वरनाथमा चोरी

Logo
प्रकाशित शनिबार, जेठ १५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१५ जेष्ठ। प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा रहेको ऐतिहासिक शिव मन्दिरमा गए राति चोरी भएको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं। १२ स्थित रहेको कुपेश्वरनाथ महादेव मन्दिरबाट शिवलिंगमा रहेको चाँदीको नाग र दान पेटिकामा रहेको पैसा चोरी भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नयाव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

राति पानी परिरहेको समय कुपेश्वरनाथ महादेव मन्दिरको द्वारको ताल्चा तोडेर चोरी भएको हो । प्रहरीका अनुसार मन्दिरमा रहेको भगवान शिवको मूर्तिमा लागेको चाँदीको नाग चोरी भएको छ । यसका साथै दानपेटिकामा रहेको लगभग ४० हजार रुपैयाँ समेत चोरी भएको प्रहरी नायव उपरीक्षक मिश्रले बताए ।

मन्दिरका महन्थले केही दिन पहिला मात्र गुठी संस्थानलाई पत्र लेख्दै मन्दिरको जग्गा खाली गराउन उजुरी दिएका थिए । उजुरी पश्चात गुठी संस्थानले मन्दिरको जग्गामा रहेको घर तथा टहराहरु खाली गर्न लगाएको थियो । त्यसको केही दिन नबित्दै मन्दिरमा चोरी भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]