१५ फाल्गुण २०८२, शनिबार
28-02-2026 , Sat
×

सर्लाहीमा निरन्तर बर्षाका कारण सिमा सुरक्षामा खटिएका सशस्त्र मर्कामा

Logo
प्रकाशित शनिबार, जेठ १५, २०७८

न्यूजमधेश डेस्क
सर्लाही ,१५ जेष्ठ। सर्लाहीमा केही दिन देखि भईरहेको निरन्तर वर्षाका कारण सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी हैरान भएका छन् ।

करिव ५१ किलोमिटर लामो सिमा क्षेत्र रहेको सर्लाहीमा ११ वटा बोर्डर आउट पोष्ट बिओपी रहेको छ । सशस्त्र प्रहरीका ६ वटा नयाँ भवन कार्यालय छ भने ५ वटा पुरानो तथा जीर्ण भवन रहेको छ ।

पुरानो तथा जिर्ण भवनमा पानि चुहिने समस्याले सर्लाहीको सिमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी हैरान भएका हुन् । पानी पर्दा तथा हावाहुरी चल्दा आफ्नो ज्यान जोगाउने कि हतियार भन्ने दोधारमा आफूँहरु रहने गरेको सशस्त्र प्रहरिले गुनासो गरेका छन् ।

पछिल्लो समय सरकारले सिमा क्षेत्रमा आवतजावतमा रोक लगाउने निणर्य गरेसँगै यसको पनि जिम्मेवारी सशस्त्र प्रहरिलाई थप भएको छ ।

सीमा क्षेत्रको अधिकांश स्थानमा पानि जम्ने तथा राम्रो बाटो नभएकाले आवतजावतमा रोक लगाउन समेत गाह्रो हुने गरेको सशस्त्र प्रहरीले बताएका छन् ।

पानी नपर्दा जेनतेन साईकल तथा साना सवारी साधनको प्रयोग गर्न मिल्ने भएपनि निरन्तर वर्षाका कारण गस्तीमा निस्कन समेत प्रहरीलाई गाह्रो भईरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]