२० माघ २०८२, मंगलबार
03-02-2026 , Tue
×

मधेशको मुटु जनकपुरमा ब्राह्मणवादि आक्रमण

Logo
प्रकाशित शनिबार, आषाढ २१, २०७६

चन्देश्वर दास,जनकपुरधाम। जनकपुर लगायत तराइ मधेशको विभिन्न शहर चौक , गल्ली,बाटोघाटोलाई तिव्र रुपमा ब्राम्हिणिकरण गरिसके तथा गर्ने क्रम जारि रहेको छ । तत्कालीन हिन्दु सम्राज्यको सम्राट महेन्द्र ले २०१५ शालमा बिकेन्द्रिकरणको नाममा नेपाललाइ नयां संरचना बनाउने , जसमा अधिकांश जिल्ला , अञ्चलहरुको सिमानाको नाम परिवर्तन गरे , धेरै जसो भुभागलाइ सकभर पहाड़ संगै जोडिएको हो जस्तै जनकपुर नामको अंचलको सिमाना भारत र चीन सम्म जोडिएको छ , त्यसैगरी नेपालको ८०५ भुभागको नामाकरण ब्राह्मणवादि संग मिल्दो जुल्दो गरेको देखिन्छ।

त्यस पश्चात त्यस्तै नक्कल हुदै आइरहेको छ , जनकपुर स्थित मुरलि चौक रहेको ठाउंमा कांग्रेसी नेता बिमलेन्द्र निधि तथा कम्युनिस्ट नेता रामचन्द्र झाको नेतृत्व र सहयोगमा मैथिल ब्राह्मणहरुको कवि (जसको जन्मको लागि बिहारि र जनकपुरको मैथिल विच विवाद कायम नै छ , बिहारिले बाहारमा जन्मेको दावि गर्छ भने जनकपुरियाहरुले जनकपुरकै छेउछाउमा जन्मेको दावि गर्छन्) ति कवि मैथिल समाजकै भएको कारण मुरलि चौकलाइ ज़बरदस्ती भत्काएर विधापतिकरण गरियो ! त्यहां यादवहरु द्वारा विरोध प्रदर्शन पनि भयो तर शासकिय बलमा प्रहरि प्रशासनको बलमा जबर्जस्ती स्थापित गरिएको छ।जसमा विमलेन्द्र निधिको अनुरोधमा पुर्व प्रधानमंत्री सेर बहादुर देउपा द्वारा नै मुरलि चौकलाइ विधापति चौकको नामाकरण गरि ब्राह्मणिकरण गरेका हुन।

धेरै सर्वसाधारणलाइ थाहै नभएको जनकपुरको बाटो घाटो , चौक , चौराहालाइ पनि भित्र भित्रै ब्राह्मणिकरण गरिसकिएको छ , मधेशमा ३५भंदा पनि कम जनसंख्यामा रहेको मैथिल ब्राह्मणहरुको निकटता खस आर्य शासक संग कति नजिकको छ भनेर बुझ्न गार्हो छैन १ मधेश आंदोलनताका सुर्खेतमा नाइं पेशा गर्ने एक जनाको हत्या गरियो , मधेशी आंदोलनकारि हरुले जनकपुर स्थित पिडारि चौकमा उनको दाह संस्कार गरे र त्यहि उनको शालिक बनाउने घोषणा गरे तर त्यो भंदा अगावै त्य ठाउंमा तथाकथित जनक र सीताको जन्मेको प्रतिमा स्थापित गरियो ।कुरो धार्मिक आस्था र पर्यटन संग जोडे़ेर शहीदको अपमान गरे त्यो पनि सर्वसाधारणले पचाएका हो।

त्यसैगरि जनकपुरको अधिकांश ठाउंहरुको नाम ब्राह्मणिकरण गरे जस्तै रामानन्द मार्ग रामानन्द वैष्णव समुदायको प्रचारक मुलनिवासि बहुजन संत कविरको आलोचक थिए ।

वैदेहिशरण मार्ग: अग्नि कुंड मंदिरको ब्राह्मण महंत तिनि ब्राह्मण थिए ।ज्ञानकुप मार्ग:जंहा ब्राह्मणहरुलाइ मात्र संस्कृत अध्यन अध्यापन गराइन्छ।
सतान्न्द मार्ग:यिनि पनि कट्टर ब्राह्मण नै थिए ।
संत तुलसीदास मार्ग:जसले जातिय,लिंगिए ,शोषणको वर्णन गरे , वाल्मीकि द्वारा लिखित रामायणलाइ आफ्नो समुदाय(ब्राह्मण)को हितमा व्याख्या गरे , रामचरित मानसको रचियता।

वशिष्ट मार्ग:जो रामायण कथा अनुसार मिथक मिथिलाको राजगुरु ब्राह्मण थिए।

वाल्मीकि मार्ग:यिनि मनुकुलको ब्राह्मण थिए , जसले आदि रामायण संस्कृत भाषामै लेखेको थिए ।

विश्वामित्र मार्ग: ब्राह्मण रामकुल अयोध्याका राजगुरु भएका थिए ।

प्रशुुराम मार्ग : यिनले २१औ पटक क्षत्रियको हत्यागरि पृथ्वी लाइ क्षत्रिय विहिन बनाएको थियो।

गौतम मार्ग: नाम सुन्दा गौतम बुद्ध जस्तै गौतम जोडि़एको यि यति सातिर र चलाख थिएकि आर्यहरु पश्चिम बाट भारतवर्ष आउंदा यिनलाइ संगै लिएर आएको थियो ।

यस्तो धेरै स्थानहरुको नाम ब्राह्मणिकरण भैरहेको छ। तर यहाँको रैथाने मुलवासी बहुसंख्यक बहुजनहरुको महापुरुषहरुलाइ कहिं कतै स्थान दिइएको छैन , धार्मिक अंधविश्वास र आस्थाको कारण कोहि पनि आवाज उठाउन तैयार छैन , यसै भुमिको रैथाने बहुजन मुलनिवासि महापुरुषहरु सल्हेस , दीनाभद्रि , कारिख महाराज , सिसिया महाराज, लोरिक , अन्हेरबांट , बंठा चमार इत्यादि जो वास्तविक पात्र थिए जसले ब्राह्मणवादि असमानताको सिध्दान्त विरुद्ध युद्ध गरि आफ्नो राज्य गुमाएको थियो ति वीर पुरुष हरु गौण हुन गएको छ , यो छेत्र नै मुलनिवासि वीरहरुको छेत्र हो ,सप्तरि ,सिरहा , धनुषा ,महोतरी मा यि महापुरुष हरुको जिउंदो इतिहासको पुरातत्विक प्रमाण अझै पनि सुरछित छ १ यसरि नै आंखा चिम्लेर आश्थाको नाममा अंधो भएर बसे संपूर्ण मुलनिवासि बहुजन हरुको इतिहास ब्राह्मणिकरण हुने निश्चित छ , होस गरौ , हामि मुलनिवासि सोलकण समुदाय ब्राह्मण धर्म संस्कृतिको अंग हिस्सा होइनौ , आफ्नो गौरवशाली संस्कृति लाइ जोगाऔ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]