१४ माघ २०८२, बुधबार
28-01-2026 , Wed
×

बाबुरामले आफ्नो असफलतामा अरूलाई दोष दिए : भाजपा विदेश विभाग प्रमुखको टिप्पणी

Logo
प्रकाशित शनिबार, जेठ १५, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१५ जेष्ठ । भारतको सत्तारुढ भारतीय जनता पार्टी(भाजपा) विदेश विभाग प्रमुख विजय चौठाइवालेले जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई आफ्नो असफलताका लागि अरूलाई दोष दिइरहेको टिप्पणी गरेका छन्।

चौठाइवालाले अन्य कम्युनिस्टजस्तै आफ्नो असफलताका लागि बाबुरामले अरूलाई दोषारोपण गरिरहेको बताएका हुन्।

नेपालको घरेलु राजनीतिमा कुनैपनि कुरा गर्न स्वतन्त्र रहेपनि आरएसएस र भारतबारे भट्टराईले टिप्पणी गर्नु उपयुक्त नरहेको उनको भनाइ छ। अझै जवाहरलाल युनिभर्सिटी (जेएनयु) मै बसिरहेको भट्टराईलाई लागेको चौठाइवालेले बताएका छन्।

‘नेपालको घरेलु राजनीतिमा कुनैपनि कुरा गर्न उहाँ स्वतन्त्र हुनुहुन्छ,’ चौठाइवालेले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्,‘आरएसएस र भारतबारे उनको टिप्पणीले उनी अझै पनि जेएनयुमा बसिरहेको देखाउँछ। सामान्य डाइ–हार्ड कम्युनिस्टजस्तै बाबुरामजी सबैजनालाई आफ्नो असफलताका लागि दोषारोपण गरिरहनु भएको छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]