२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

बाबुरामले आफ्नो असफलतामा अरूलाई दोष दिए : भाजपा विदेश विभाग प्रमुखको टिप्पणी

Logo
प्रकाशित शनिबार, जेठ १५, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१५ जेष्ठ । भारतको सत्तारुढ भारतीय जनता पार्टी(भाजपा) विदेश विभाग प्रमुख विजय चौठाइवालेले जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई आफ्नो असफलताका लागि अरूलाई दोष दिइरहेको टिप्पणी गरेका छन्।

चौठाइवालाले अन्य कम्युनिस्टजस्तै आफ्नो असफलताका लागि बाबुरामले अरूलाई दोषारोपण गरिरहेको बताएका हुन्।

नेपालको घरेलु राजनीतिमा कुनैपनि कुरा गर्न स्वतन्त्र रहेपनि आरएसएस र भारतबारे भट्टराईले टिप्पणी गर्नु उपयुक्त नरहेको उनको भनाइ छ। अझै जवाहरलाल युनिभर्सिटी (जेएनयु) मै बसिरहेको भट्टराईलाई लागेको चौठाइवालेले बताएका छन्।

‘नेपालको घरेलु राजनीतिमा कुनैपनि कुरा गर्न उहाँ स्वतन्त्र हुनुहुन्छ,’ चौठाइवालेले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्,‘आरएसएस र भारतबारे उनको टिप्पणीले उनी अझै पनि जेएनयुमा बसिरहेको देखाउँछ। सामान्य डाइ–हार्ड कम्युनिस्टजस्तै बाबुरामजी सबैजनालाई आफ्नो असफलताका लागि दोषारोपण गरिरहनु भएको छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]