२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

शिक्षा क्षेत्रमा सबैभन्दा धेरै बजेट विनियोजन

Logo
प्रकाशित शनिबार, जेठ १५, २०७८

दिपेन्द्र अधिकारी
काठमाडौं,१५ जेष्ठ । सरकारले आगामी आर्थिक बर्षका लागि सबैभन्दा धेरै शिक्षा क्षेत्र तर्फ बजेट विनियोजन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई १ खर्ब ८० अर्ब ४ करोड विनियोजन गरिएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम तेस्रो आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ । गत आर्थिक वर्षमा विनियोजित ६ अर्ब रुपैयाँ पनि कोरोनाका कारण प्रभावित भएको थियो । यस वर्ष सो कार्यक्रको लागि १० अर्ब विनियोजन गरिएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम शैक्षिक क्षेत्रको पूर्वाधार निर्माणमा केन्द्रीत गरिएकाे छ । ३ वर्षभित्र वैकल्पिक शिक्षामा सामुदायिक विद्यालयको पहुचमा पुर्‍याउन पूर्वाधार निर्माण गरिने अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले जानकारी दिनुभयाे ।

बजेटमा ब्रेल लिपिबाट शिक्षा अनिवार्य गरिएकाे छ । एक विद्यालय, एक स्वास्थ्यकर्मीको व्यवस्था, सबै विद्यार्थीको स्वास्थ्य जाँच गर्ने नीति सरकारले लिएको छ । २ वर्षभित्र सबै विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पुर्‍याउने लक्ष्य राखिएको छ । १ हजार ५ सय विद्यालय तथा उच्च माध्यमिक विद्यालयका कक्षाकोठा तथा पूर्वाधार निर्माण सुरु गरिने भनिएकाे छ ।

यस्तै, सबै स्थानीय तहमा प्राविधिक शिक्षालयको स्थापना गरिने विषय पनि बजेटमा समेटिएकाे छ । विश्वविद्यालयलाई दिने अनुदान १८ अर्ब ३४ करोड समेत समावेश गरिएकाे छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको आंगिक क्याम्पस थप गरिने विषय समावेश गरिएकाे छ । बजेटमा गेटा मेडिकल कलेज तथा मदन भण्डारी विश्वविद्यायलको पूर्वाधार निर्माण गरिने उल्लेख छ ।

बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पाैडेलले बर्दिबास, बुटवल र सुर्खेतमा मेडिकल कलेजका लागि जग्गा प्राप्ति तथा पूर्वाधार निर्माण पनि गरिने जानकारी दिनुभएकाे छ । उहाँले भन्नुभएकाे छ, ‘सार्वजनिक विद्यालय तथा क्याम्पसका उच्च माध्यामिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक शिक्षामा जोड्न २ वर्षको लागि ८० हजारसम्म १ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइने छ ।’

१६ वर्ष भन्दामाथि उमेरका विद्यार्थीको लागि निःशुल्क सिमकार्ड उपलब्ध गराइने, स्नातक तह वा सोभन्दा माथि शैक्षिक योग्यता भएका विद्यार्थीको लागि ५ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने बजेटमा उल्लेख छ ।

सरकारले सामुदायिक विद्यालयहरूलाई शैक्षिक नतिजाका आधारमा आर्थिक अनुदान उपलब्ध गराउने भएकाे छ । यस्तो व्यवस्था कार्यान्वयनमा आए उत्कृष्ट नतिजा ल्याउने विद्यालयले धेरै अनुदान पाउने छन् भने कमसल नतिजा ल्याउने विद्यालयले कम अनुदान पाउने छन् ।

त्यसैगरी सरकारले प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र कर्मचारीको मासिक तलव १५ हजार पुर्‍याएको छ । न्यूनतम पारिश्रमिक १५ हजार बनाउनका लागि ५ अर्ब ५५ करोड विनियोजन गरिएको छ । बालबालिकाको दिवा खाजाका लागि ८ अर्ब ७३ करोड रुपैयाँ छुट्याएको छ ।

सरकारले आधारभूत तहमा विद्यार्थी भर्नादर यस वर्ष सतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । दिवा खाजा ७ अर्ब ५२ करोड विनियोजन गरेकोमा यस पटक ८ अर्ब ७३ करोड रुपैया विनियोजन गरेको छ । शिक्षक दरबन्दी मिलानको लागि २ अर्ब ६६ करोड विनियोजन गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]