०८ माघ २०८२, बिहिबार
22-01-2026 , Thu
×

नेपालको पोलमा इराकको आधा दर्जन गोल

Logo
प्रकाशित आइतबार, जेठ १६, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१६ जेष्ठ । नेपाल इराकसँग भारी अन्तरले पराजित भएको छ। शनिबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग ६-२ ले पराजित भएको हो।

इराकको बसरामा आयोजित खेलमा सातौं मिनेटमा इराकले अग्रता बनाएको थियो। उसका लागि कप्तान अला अब्दुल जहर खासिनले गोल गरे। तर, त्यसको एक मिनेटपछि नै इराकका अहमद इब्राहिमले आत्मघाती गोल गरेपछि खेल बराबरीमा आएको थियो। त्यसपछि खेलको ३० औं मिनेटमा मनीष डाँगीले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए। उनले डेब्यु खेलमै गोलरक्षकलाई बिट गर्दै गोल गर्न सफल भए।

३५ औं मिनेटमा मोहम्मद अब्दुलजारा ओबेदले इराकका लागि बराबरी गोल फर्काएलगत्तै इराकले अर्को मिनेटमा अग्रता बनायो। नेपाली डिफेन्सको कमजोरीको फाइदा उठाउँदै अयमन हुसेनले गोल गरे। इराकका लागि ६७ औं मिनेटमा मोहम्मद अली अलसम्मारी र ७५ औं मिनेटमा सज्जाद जसिमले गोल गरे।

खेलमा तीन गोल नेपालले डिफेन्सको कमजोरीका कारण खाएको थियो। निकै फितलो डिफेन्सको प्रदर्शनले नेपाल ६ गोल खान बाध्य भयो।

नेपाल अब उतैबाट विश्वकप छनोटका बाँकी खेल खेल्न कुवेत जानेछ। नेपालले जुन ३ मा चाइनिज ताइपेई, जुन ७ मा जोर्डन र जुन ११ मा अस्ट्रेलियासँग खेल्नेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]