२५ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

नेपालको पोलमा इराकको आधा दर्जन गोल

Logo
प्रकाशित आइतबार, जेठ १६, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१६ जेष्ठ । नेपाल इराकसँग भारी अन्तरले पराजित भएको छ। शनिबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग ६-२ ले पराजित भएको हो।

इराकको बसरामा आयोजित खेलमा सातौं मिनेटमा इराकले अग्रता बनाएको थियो। उसका लागि कप्तान अला अब्दुल जहर खासिनले गोल गरे। तर, त्यसको एक मिनेटपछि नै इराकका अहमद इब्राहिमले आत्मघाती गोल गरेपछि खेल बराबरीमा आएको थियो। त्यसपछि खेलको ३० औं मिनेटमा मनीष डाँगीले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए। उनले डेब्यु खेलमै गोलरक्षकलाई बिट गर्दै गोल गर्न सफल भए।

३५ औं मिनेटमा मोहम्मद अब्दुलजारा ओबेदले इराकका लागि बराबरी गोल फर्काएलगत्तै इराकले अर्को मिनेटमा अग्रता बनायो। नेपाली डिफेन्सको कमजोरीको फाइदा उठाउँदै अयमन हुसेनले गोल गरे। इराकका लागि ६७ औं मिनेटमा मोहम्मद अली अलसम्मारी र ७५ औं मिनेटमा सज्जाद जसिमले गोल गरे।

खेलमा तीन गोल नेपालले डिफेन्सको कमजोरीका कारण खाएको थियो। निकै फितलो डिफेन्सको प्रदर्शनले नेपाल ६ गोल खान बाध्य भयो।

नेपाल अब उतैबाट विश्वकप छनोटका बाँकी खेल खेल्न कुवेत जानेछ। नेपालले जुन ३ मा चाइनिज ताइपेई, जुन ७ मा जोर्डन र जुन ११ मा अस्ट्रेलियासँग खेल्नेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]