११ माघ २०८२, आइतबार
25-01-2026 , Sun
×

यमनका हुथी विद्रोहीद्वारा साउदी हवाई अखडामा ड्रोन आक्रमण

Logo
प्रकाशित आइतबार, जेठ १६, २०७८

न्यूजमधेश डेस्क
साना, १६ जेष्ठ । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको दक्षिणी सीमावर्ती क्षेत्रको किङ खालिद एयर बेस (हवाई अखडा) मा आइतबार बिहानै बम जडित ड्रोन मार्फत आक्रमण गरेको छ ।

यमनसँग सीमा जोडिएको साउदी अरेबियाको सीमावर्ती खामिस मुशाएट शहरमा रहेको हवाई अखडामा बम आक्रमण गरिएको हुथी विद्रोहीले जनाएका छन् ।

हुथी समूहका सैनिक प्रवक्ता येहेया सारिएले हुथीद्वारा सञ्चालित अल–मासिरहा टिभीसँग कुरा गर्दै आफूहरुले प्रहार गरेको ड्रोनले साउदी हवाई अखडामा सही निशाना लगाएको दाबी गर्नुभयो ।

यसैबीच, साउदी अरेबियाको गठबन्धनले खामिस मुशाएटलाई लक्षित गरी हुथी समूहले प्रहार गरेको ड्रोन बमलाई निस्कृय पारिएको बताएको छ ।

अल अरेबिया टिभीका अनुसार हुथी विद्रोहीले झण्डै २४ घण्टाको अवधिमा गरेका दुई यस्तै हमलालाई साउदी सेनाले बिफल पारिदिएको छ ।

गत फेब्रुअरीदेखि इरान समर्थित हुथी समूहले सीमा वारपार क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई तिब्र बनाएका छन् ।

तेल खानी रहेको मध्य यमनको मारिब प्रान्तलाई नियन्त्रणमा लिन साउदी समर्थित यमनी सरकारको सेनाले कारबाही थालेयता हुथी विद्रोहीले पनि आक्रामक कारबाही शुरु गरेका छन् ।

हालैमात्र संयुक्त राष्ट्रसंघको अग्रसरतामा यमनका परस्पर विद्रोही समूहहरुबीचको वार्ता पनि विना निष्कर्ष समाप्त भएपछि थप अन्यौल बढेको छ ।

यमनमा सन् २०१४ देखि नै गृहयुद्ध जारी छ । हुथी विद्रोहीहरुले देशका धेरैवटा उत्तरी प्रान्तहरुलाई नियन्त्रणमा लिनुका साथै राजधानी सानाबाट अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त सरकारलाई बिस्थापित गरेको छ ।

राष्ट्रपति अब्द–राब्बु मन्सुर हादी हाल राजधानी सानालाई छाडेर अन्यत्रबाट शासन चलाइरहनु भएको छ ।

साउदी अरेबियाको अग्रसरतामा बनेको इरान बाहेकका अरब देशहरुको गठबन्धनले हादीको सरकारलाई समर्थन जनाउँदै सन् २०१५ को मार्चदेखि यमन द्वन्द्वमा हस्तक्षेप गर्न थालेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]