२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

यमनका हुथी विद्रोहीद्वारा साउदी हवाई अखडामा ड्रोन आक्रमण

Logo
प्रकाशित आइतबार, जेठ १६, २०७८

न्यूजमधेश डेस्क
साना, १६ जेष्ठ । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको दक्षिणी सीमावर्ती क्षेत्रको किङ खालिद एयर बेस (हवाई अखडा) मा आइतबार बिहानै बम जडित ड्रोन मार्फत आक्रमण गरेको छ ।

यमनसँग सीमा जोडिएको साउदी अरेबियाको सीमावर्ती खामिस मुशाएट शहरमा रहेको हवाई अखडामा बम आक्रमण गरिएको हुथी विद्रोहीले जनाएका छन् ।

हुथी समूहका सैनिक प्रवक्ता येहेया सारिएले हुथीद्वारा सञ्चालित अल–मासिरहा टिभीसँग कुरा गर्दै आफूहरुले प्रहार गरेको ड्रोनले साउदी हवाई अखडामा सही निशाना लगाएको दाबी गर्नुभयो ।

यसैबीच, साउदी अरेबियाको गठबन्धनले खामिस मुशाएटलाई लक्षित गरी हुथी समूहले प्रहार गरेको ड्रोन बमलाई निस्कृय पारिएको बताएको छ ।

अल अरेबिया टिभीका अनुसार हुथी विद्रोहीले झण्डै २४ घण्टाको अवधिमा गरेका दुई यस्तै हमलालाई साउदी सेनाले बिफल पारिदिएको छ ।

गत फेब्रुअरीदेखि इरान समर्थित हुथी समूहले सीमा वारपार क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई तिब्र बनाएका छन् ।

तेल खानी रहेको मध्य यमनको मारिब प्रान्तलाई नियन्त्रणमा लिन साउदी समर्थित यमनी सरकारको सेनाले कारबाही थालेयता हुथी विद्रोहीले पनि आक्रामक कारबाही शुरु गरेका छन् ।

हालैमात्र संयुक्त राष्ट्रसंघको अग्रसरतामा यमनका परस्पर विद्रोही समूहहरुबीचको वार्ता पनि विना निष्कर्ष समाप्त भएपछि थप अन्यौल बढेको छ ।

यमनमा सन् २०१४ देखि नै गृहयुद्ध जारी छ । हुथी विद्रोहीहरुले देशका धेरैवटा उत्तरी प्रान्तहरुलाई नियन्त्रणमा लिनुका साथै राजधानी सानाबाट अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त सरकारलाई बिस्थापित गरेको छ ।

राष्ट्रपति अब्द–राब्बु मन्सुर हादी हाल राजधानी सानालाई छाडेर अन्यत्रबाट शासन चलाइरहनु भएको छ ।

साउदी अरेबियाको अग्रसरतामा बनेको इरान बाहेकका अरब देशहरुको गठबन्धनले हादीको सरकारलाई समर्थन जनाउँदै सन् २०१५ को मार्चदेखि यमन द्वन्द्वमा हस्तक्षेप गर्न थालेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]