१९ आषाढ २०८२, शुक्रबार
04-07-2025 , Fri
×

२ नम्बर प्रदेशमा सबैभन्दा बढी बजेट सिरहा नगरपालिकालाई ६६ करोड ३३ लाख

Logo
प्रकाशित आइतबार, जेठ १६, २०७८

सोम दियाली
जनकपुरधाम,१६ जेष्ठ ।अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेको बजेटमा धनुषाका १८ स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट जनकपुरधाम उपमहानरपालिकाले पाएको छ ।

घोषित बजेट अनुसार जनकपुरधाम उपमहानगरपालिकाका लागि ९० करोड ८० लाख बजेट छुट्याइएको छ । जुन प्रदेश २ का तीन उपमहानगरपालिकामध्ये सबैभन्दा धेरै हो । प्रदेश २ को कलैया उपमहानगरपालिकाले ८१ करोड ८८ लाख बजेट पाएको छ भने जितपुर सिमरा उपमहानगरपालिकाले ७५ करोड ९९ लाख बजेट पाएको छ । वीरगञ्ज महानगरपालिकाले १ अर्ब ४५ खर्ब ४० करोड बजेट पाएको छ ।

त्यस्तै जिल्लाका उपमहानगरबाहेकका ११ नगरपालिकामध्ये सबैभन्दा बढी मिथिला नगरपालिकाले ४० करोड ३६ लाख पाएको छ भने सबैभन्दा कम मिथिला विहारी नगरपालिकाले २७ करोड ८७ लाख बजेट प्राप्त गरेको छ ।

त्यस्तै नगरपालिकामध्ये दोश्रो नम्बरमा धेरै बजेट पाउने सबैला नगरपालिका रहेको छ ।उसले ३७ करोड २५ लाख बजेट प्राप्त गरेको छ । त्यस्तै तेश्रो नम्बरमा धनुषाधाम नगरपालिकाले ३६ करोड २३ लाख बजेट पाएको छ भने त्यसपछि क्रमशः सहिदनगर नगरपालिकाले ३५ करोड ३६ लाख, हंसपुर नगरपालिकाले ३२ करोड ७० लाख, बिदेह नगरपालिकाले ३१ करोड ९७ लाख, क्षिरेश्वर नगरपालिकाले ३१ करोड २४ लाख, गणेशमान चारनाथ नगरपालिकाले ३० करोड ८१ लख, नगराईन नगरपालिकाले ३० करोड २६ लाख, कमला नगरपालिकाले २८ करोड ७८ लाख बजेट प्राप्त गरेका छन् ।

त्यस्तै धनुषाका ६ ओटा गाउँपालिका मध्ये सबैभन्दा बढी जनकनन्दिनी गाउँपालिकाले २९ करोड ५० लाख पाएको छ भने सबैभन्दा कम धनौजी गाउँपालिकाले २३ करोड १७ लाख बजेट पाएको छ । त्यस्तै दोश्रोमा लक्ष्मीनियाँ गाउँपालिकाले २४ करोड ९८ लाख, तेश्रोमा औरही गाउँपालिकाले २४ करोड ९१ लाख बजेट पाएको छ ।

त्यसपछि क्रमशः बटेश्वर गाउँपालिकाले २४ करोड ६५ लाख, मुखियारपट्टी मुसहरनियाँ गाउँपालिकाले २३ करोड ८५ लाख बजेट प्राप्त गरेका छन् । धनुषामा एक उपमहानगरपालिकासहित ११ नगरपालिका र ६ गाउँपालिका गरी १८ ओटा स्थानीय तह रहेका छन् ।

त्यस्तै प्रदेश २ मा सबैभन्दा बढी बजेट प्राप्त गर्ने नगरपालिकामा सिरहाको सिरहा नगरपालिका रहेको छ । सिरहा नगरपालिकाले ६५ करोड ३३ लाख बजेट पाएको छ भने दोश्रोमा सिरहाकै लहान नगरपालिकाले ६२ करोड ८२ लाख बजेट पाएको छ ।

त्यस्तै तेश्रोमा रौतहटको चन्द्रपुर नगरपालिका रहेको छ । उसले ५८ करोड ९ लाख बजेट प्राप्त गरेको छ । चन्द्रपुरपछि सप्तरीको राजविराज नगरपालिकाले सबैभन्दा धेरै बजेट प्राप्त गरेको छ । उसले राजविराज नगरपालिकाले ५७ करोड ४८ लाख बजेट प्राप्त गरेको छ । त्यसपछि महोत्तरीको बर्दिबास नगरपालिकाले ५७ करोड ३६ लाख बजेट प्राप्त गरेको छ । त्यस्तै सर्लाहीको लालबन्दी नगरपालिकाले ५५ करोड ८९ लाख बजेट प्राप्त गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]