०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

मेटरसाईकलले ठक्कर दिदा पैदल यात्रीको ज्यान गयो

Logo
प्रकाशित सोमबार, जेठ १७, २०७८

न्यूजमधेश डेस्क
सर्लाही ,१७ जेष्ठ । सर्लाहीको पर्सा गाउँपालिका ३ मा आइतबार मेटरसाईकलले ठक्कर दिदा पैदल यात्रीको ज्यान गएको छ । मृत्युहुनेमा सोही ठाउँ बस्ने ७५ की सकिला खातुन रहेकी प्रहरीले जनाएको छ ।

खालुनलाई बिआर ३० टि ६६४९ मोटरसाईकलले ठक्कर दिएको थियो ।

मोटरसाईकलको ठक्करबाट टाउकोमा चोट लागेकी खातुनको स्थानीय मेडिकलमा सामान्य उपचार पछि थप उपचारको लागि महोत्तरीको सम्सी जीवन ज्योति अस्पताल पठाईएकोमा दिउसो १ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ठक्रर दिने मोटरसाईकल चालक पर्सा गाउँपालिका २ बस्ने २४ वर्षिय हरिनारायण यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मलंगवा राखिएको र मृको लास पोस्टमर्टम पश्चात मृतकका छोराले बुझि लगेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]