१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

मेटरसाईकलले ठक्कर दिदा पैदल यात्रीको ज्यान गयो

Logo
प्रकाशित सोमबार, जेठ १७, २०७८

न्यूजमधेश डेस्क
सर्लाही ,१७ जेष्ठ । सर्लाहीको पर्सा गाउँपालिका ३ मा आइतबार मेटरसाईकलले ठक्कर दिदा पैदल यात्रीको ज्यान गएको छ । मृत्युहुनेमा सोही ठाउँ बस्ने ७५ की सकिला खातुन रहेकी प्रहरीले जनाएको छ ।

खालुनलाई बिआर ३० टि ६६४९ मोटरसाईकलले ठक्कर दिएको थियो ।

मोटरसाईकलको ठक्करबाट टाउकोमा चोट लागेकी खातुनको स्थानीय मेडिकलमा सामान्य उपचार पछि थप उपचारको लागि महोत्तरीको सम्सी जीवन ज्योति अस्पताल पठाईएकोमा दिउसो १ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ठक्रर दिने मोटरसाईकल चालक पर्सा गाउँपालिका २ बस्ने २४ वर्षिय हरिनारायण यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मलंगवा राखिएको र मृको लास पोस्टमर्टम पश्चात मृतकका छोराले बुझि लगेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]