०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

भन्सार छली गर्न खोज्नेलाई कारबाही

Logo
प्रकाशित मंगलबार, जेठ १८, २०७८

न्यूजमधेश डेस्क
रौतहट ,१८ जेष्ठ । सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हेडक्वाटर हजमिनिया, रौतहटले आर्थिक वर्ष २०७७÷०७८ मा भन्सार छली नेपाल भित्र्याइएको पौने छ करोड रुपैयाँभन्दा बढीको माल सामान नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

भारतबाट अवैध रुपले नेपाल ल्याइएका मोरसाइकल र चारपाङ्गे्र गरी एक सय ४ वटा सवारी साधनलाई कारबाही गर्दा रु एक करोड ६३ लाख ३० हजार ३३ राजस्व संकलन भएको सो गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुरेश सेन ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चौपाया, अण्डा, माछा तथा पशुपंक्षीलाई नियन्त्रणमा लिएर कारबाही गर्दा रु ३६ लाख ६२ हजार ६ सय ३०, तस्करीको लताकपडा नियन्त्रणमा लिएर कारबाही गर्दा रु ३ करोड ९ लाख २० हजार ३ सय २५, अवैध रुपले वन क्षेत्रबाट ल्याइएका सालका काठ नियन्त्रणमा लिएर कारबाही गर्दा ८ लाख ६४ हजार ४ सयोवारमा ५० सङ्कलन भएको छ ।

सो अवधी तस्करीमा संलग्न ४६ जनालाई नियन्त्रणमा लिएर थप कारबाहीका लागि गौर भन्सार र जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको ओलीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]