०६ कार्तिक २०८२, बिहिबार
23-10-2025 , Thu
×

डा सीके राउतद्वारा नेता उज्ज्वल थापाको निधनप्रति दुख व्यक्त

Logo
प्रकाशित मंगलबार, जेठ १८, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१८ जेष्ठ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले विवेकशील नेपाली दलका संस्थापक तथा विवेकशिल साझा पार्टीका नेता उज्ज्वल थापाको निधनप्रति दुख व्यक्त गरेका छन् ।

नेता थापाको उपचारकै क्रममा काठमाडौं स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।

डा . राउतले वैकल्पिक राजनैतिक निकास दिने जनआशामा उदय भएका एउटा लोकप्रिय र जुझारु अभियन्ताको देहान्तले स्वच्छ र पारदर्शी राजनीतिका आशांक्षीहरुको मनमा गहिरो धक्का पुगेको सामाजिक संजाल फेसबुकमा फेसबुकमा लेखेको छ ।

डा राउतले उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा जनमत पार्टी र आफ्ना तर्फबाट हार्दिक  समवेदना प्रकट गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]