२८ पुष २०८२, मंगलबार
13-01-2026 , Tue
×

विपन्नलाई बिहान बेलुकाको छाक टार्नै मुस्किल

Logo
प्रकाशित बुधबार, जेठ १९, २०७८

न्यूजमधेश डेस्क
कैलाली ,१९ जेष्ठ । दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिम तथा नियन्त्रणका लागि जारी रहेको निषेधाज्ञाका कारण प्रभावित विपन्न मजदुर वर्गलाई दैनिक छाक टार्नै मुस्किल भएको छ । नयाँ भेरियन्टको दोस्रो लहरको कोरोना सङक्रमणका कारण एक महिनादेखिको निषेधाज्ञाका कारण दैनिक ज्यालामा मजदुरी गरी बिहान बेलुकाको छाक टार्ने गरीब मजदुरका लागि समस्या भएको हो ।

दैनिक मजदुरी गरेर पाँच जनाको परिवारको जहान पाल्दै आउनुभएका धनगढी उपमहानगरपालिका–२ का स्थानीयवासी धनिराम चौधरीले निषेधाज्ञापछि काम नपाउँदा हिजोआज बिहान बेलुकाको छाक टार्नसमेत मुस्किल भइरहेको बताउनुभयो । “निषेधाज्ञा भएको एक महिनाभन्दा बढी भइसक्यो, अझै कति लम्बिने हो कुनै निश्चित छैन”, चौधरीले भन्नुभयो, “हामी दैनिक मजुदरी गरेर आजै कमाएर आजै खानुपर्ने बाध्यता भएकालाई परिवार पाल्न निकै धौधौ भएको छ ।”

कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा लम्बिँदै जाँदा दैनिक ज्यालामा मजदुरी गर्ने तथा विपन्न परिवारलाई गुजारा चलाउन कठिन भएको हो । निषेधाज्ञाका कारण काम नपाउँदा आम्दानीको स्रोत नहुने भएकाले घरपरिवार पाल्न समस्या भएको धनगढी–२ कै हर्कबहादुर नेपालीले दुखेसो गर्नुभयो ।

गत वर्ष विपन्न परिवार तथा मजुदरका लागि भन्दै स्थानीय सरकार, प्रदेश सरकार तथा विभिन्न सहयोगी सङ्घसंस्थाले खाद्यान्न तथा राहत सामग्री वितरण गरेकाले केही राहत भएको थियो तर यस पटक भने कहीँ कतैबाट पनि नपाएको उहाँको भनाइ छ । “बन्दअघि काम गरेर बचत गरेको सबै पैसा खर्च भइसक्यो, अब त घरमा खाने चामल, दाल पनि सकिइसकेको छ, परिवारमा कमाउने मान्छे म एक्लै हूँ, छ जनाको परिवार पाल्न निकै गाह्रो भएको छ”, उहाँले भन्नुभयो ।

त्यस्तै धनगढीको ट्राफिक चोक साइडमा सडकपेटीमा पसल राखेर जुत्ता, चप्पल सिलाई जीविकोपार्जन गर्दै आउनुभएका धनगढी, विशालनगरका दलबहादुर सार्कीले पनि निषेधाज्ञाले लामो समयदेखि गर्दै आएको परम्परागत पेशा एक महिनादेखि ठप्प भएकोले खर्च जुटाउनै सकस भएकोे समस्या दोहो¥याउनुभयो ।

उहाँले निषेधाज्ञापछि आफ्नो व्यवसाय पूर्णरूपमा ठप्प भएपछि परिवारको लालनपालनका साथै औषधि उपचार गर्न समेत अप्ठ्यारो भएकोे बताउनुभयो । एक महिनादेखिको निषेधाज्ञाका कारण औद्योगिक, यातायात, निर्माण तथा बजार क्षेत्रमा काम गरेर खाने मजदुर बढी प्रभावित भएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]