०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

नक्कली नोट ८ हजार र ब्राउनसुगरसहित झापाबाट एक जना पक्राउ

Logo
प्रकाशित बुधबार, जेठ १९, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१९जेष्ठ । नेपाली नक्कली नोट र लागुऔषध ब्राउनसुगरसहित झापाबाट एक जना पक्राउ परेका छन्।

मंगलरबा राति ११ बजे झापाको दमक नगरपालिका वडा नम्बर १ स्थित राधे होटल एण्ड लजको कोठाभित्र लागुऔषध ब्राउन सुगर खरीद विक्री भइरहेको सूचनाको आधारमा दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका वडा नम्बर ३ बेलडाँगी बस्ने वर्ष ३२ का पूर्ण बहादुर बानियाँलाई खानतलासी गर्दा नेपाली नक्कली नोट र ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।

बानियाँले लगाएको बक्स हाफपेन्टको पछाडिको गोजीभित्र हेर्दा नक्कली जस्तो देखिने एउटै नोट नम्वरहरु भएको एक हजार दरको नेपाली रुपैयाँको नोट ८ थान र ठूलो, सानो प्लाष्टिकको २ वटा प्याकेटमा रहेको ४७ ग्राम ५३० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

बानियाँलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको र झापा जिल्ला अदालतबाट म्याद थप गरी थप कानुनी प्रकृया अगाडि बढाइने प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]