१५ फाल्गुण २०८२, शनिबार
28-02-2026 , Sat
×

प्रधानमन्त्री ओली विरुद्ध आन्दोलन गर्नेलाई युवा संघ प्रतिकार गर्ने : उपाध्यक्ष झा

Logo
प्रकाशित शुक्रबार, जेठ २१, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२१ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओली र सरकारविरुद्ध आइलाग्नेलाई अब युवा संघले ठाउँको ठाउँ जवाफ दिने भएको छ ।

युवा संघका केन्द्रीय ईन्चार्ज महेश बस्नेतले देशैभरी जवाफ दिन संगठनसम्बद्ध युवाहरुलाई निर्देशन दिएका बेला प्रदेश २ को कमाण्ड केन्द्रीय उपाध्यक्ष एवं प्रदेश इन्चार्ज सञ्जीव झा सुरजले सम्हालेका छन् । उनले प्रदेश कमिटीमा आबद्ध पदाधिकारी तथा युवा नेता कार्यकर्तालाई मैदानमा उत्रिन आह्वान गरेका छन् ।

‘सम्मानीय प्रधानमन्त्री केपी ओली, नेकपा (एमाले) र नेपाल सरकार र हाम्रो इन्चार्ज (महेश बस्नेत) विरुद्ध आई लाग्नेहरुलाई अरिङ्गाल झै जाई लाग्न राष्ट्रिय युवा संघ नेपाल प्रदेश २ लाई निर्देशन गरिँदैछ,’ सुरजले भनेका छन्, ‘साथै सरकारले गरेको देश हित र बिकासको कामलाई तल तल जनतासम्म संचार माध्यम र समाजिक संजालमार्फत प्रचार प्रसार गर्न निर्देशन गरिएको छ।

साथै कोभिड बिरुद्द तपाईहरुले फिल्डमा गरिरहेको सेबामुलक कामहरुको लागि विशेष धन्यवाद दिन चाहन्छु ।’ झा को निर्देशनसँग प्रदेश २ का कमिटीहरु मैदानमा उत्रिएका छन् ।

सरकारको अनावश्यक विरोध गर्नेहरुविरुद्ध युवाहरु प्रतिवाद गर्न परिचालित भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]