०८ माघ २०८२, बिहिबार
22-01-2026 , Thu
×

जनमत पार्टीद्वारा विपन्न परिवारलाई राहत वितरण

Logo
प्रकाशित शुक्रबार, जेठ २१, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२१ जेष्ठ ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको विदेह नगरपालिकामा विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

कोरोना भाइरसको दोस्रो लहरको कारणले गरिब विपन्नलाई छाक टार्न समस्या भएपछि  बिहिवार पार्टीले धनुषाको विदेह नगरपालिका वडा नम्बर १ र ४ गरि जम्मा चार जना विपन्न परिवारलाई राहत दिनुभएको हो।

राहतमा १५ किलो चावल ,२ किलो दाल,५ कोलो गहुको पिटो ( आटा ),१ किलो तेल ,१ किलो नुन,रमपम चाउचाउ ,विसकुट ,सुवाविनसहितका खाद्यान्नको प्याकेज बनाएर वितरण गरेको छ ।

जनमत पार्टीका युवा नेता तथा जनमत पार्टी विदेह नगरपालिकाका नगर प्रमुख धिरज मण्डल ,पार्टीका नेता रामकुमार मण्डल सहितका स्थानीय नेताहरुको उपस्थितिमा राहत वितरण गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]