१२ कार्तिक २०८२, बुधबार
29-10-2025 , Wed
×

मधेशलाई धार्मिक पर्टयनको हब बनाउने योजना बोकेका मन्त्री अरगरिया : उपेन्द्रको घमण्ड तोड्न सफल

Logo
प्रकाशित शनिबार, जेठ २२, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२२ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रभावशाली नेता उमाशंकर अरगरिया मन्त्री बनेका छन् । उनले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्री पद सम्हालेलगत्तै उनले क्रान्तिकारी निर्णयबाट कार्यभार सुरु गरेका छन् ।

उनले मधेसमा कायापलट गर्न भिजनका साथ जनकपुरधामको रामजानकी मन्दिरलाई विश्व सम्पदा सूची (युनेस्को) मा समावेश गराउन आवश्यक तयारीका लागि कार्यदल गठन गरेका छन् ।

भारतमा नरेन्द्र मोदी सरकारले बहुचर्चित राम मन्दिरको निर्माण कार्यलाई अयोध्यामा प्रारम्भ गरेर विश्वका करोडौं हिन्दुलाई धार्मिक पर्यटनसँग जोड्ने गरी अगाडि बढिरहेका उमाशंकरले मन्त्री भन्ने वितिकै त्यससँग जानकारी मन्दिरलाई जोडेर मधेसलाई धार्मिक पर्टयनको हब बनाउने योजना अगाडि बढाएका छन् ।

यदि जानकी मन्दिर विश्व सम्पदा सूचीमा परयो र भारतको राम मन्दिरसँग रुट बनाएर जोडियो भने मधेस धार्मिक पर्यटनको हब बन्नेछ । भारतसहित विश्वका सय करोड भन्दा बढि हिन्दु तथा अन्य धर्मावलम्बीको पनि पर्यटन गन्तव्य बन्नेछ । यो दुरगामी महत्वको योजनालाई प्राथमिकतामा राखेर उमाशंकरले आफ्नो कार्य प्रारम्भ गरेका छन् ।

धनुषा २ बाट निर्वाचिन उमाशंकर पहिलेदेखि नै हक्की स्वभावका लिडर हुन् । उनी पार्टी राजनीतिमा पनि बोल्न कसैसँग डराउन्नन् । जुनसुकै ठूलो लिडर भए पनि आफूलाई लागेको बोल्छन् ।

मधेसको राजनीतिमा उनी उपेन्द्र यादवसँग अगाडि बढे पनि निर्णायक मोडमा भने महन्थ ठाकुरलाई लिडर बनाएर अघि बढे । एक वर्ष अघि समाजवादी पार्टीमा चल्दै आएको उपेन्द्रको हैकमलाई च्यालेञ्ज गर्ने अझ भनौ तोड्ने काम पनि उमाशंकरकै नेतृत्वमा भयो ।

यादवहरुको दबदबा भएको पार्टी उमाशंकरको आक्रामक स्वभावले स्पेश बनायो । उनी प्रमुख सचेतक पनि बने । तर उपेन्द्रको मुद्दा तुलाञ्जली दिएर सत्ता स्वाद चाख्ने शैलीबाट भने उनी असन्तुष्ट थिए । त्यसविरुद्ध उनी सार्वजनिक रुपमै पनि बोल्थे । अघिल्लो वर्ष वैशाखमा त उनले उपेन्द्रको दबदबा तोड्न विद्रोह नै गरे ।नेतृ रेणु यादवसँग मिलेर नयाँ पार्टी खोल्न अग्रसर पनि भए । तर सांसद डा सुरेन्द्र यादव उपेन्द्रसँग डराएपछि नयाँ पार्टी खोल्ने काम रोकियो । बरु उपेन्द्रले आफ्नो अस्तित्व जोगाउन राजपासँग एकता गरे । जसमा उमाशंकर लगायत नयाँ दल खोल्न तम्सिएका सांसदहरुको असन्तुष्टि रह्यो । असन्तुष्टि सार्वजनिक रुपमै पोखे ।

पछिल्लो समय जसपामा उपेन्द्रले सत्ताका अंकगणितको खेल दोहोर्याएपछि उमाशंकरले च्यालेञ्ज गरे । महन्थ ठाकुरका लागि उपेन्द्रसँग पार्टीमा संघर्ष गरे । उपेन्द्र नसच्चिएपछि फाइनल्ली उनी महन्थलाई साथ आइपुगे ।

महन्थलाई लिडर बनाएर अघि बढेपछि वर्षौदेखि उठाउँदै आएका मधेस मुद्दाहरु समाधानतिर गए । सरकारले माग सुन्यो । पुरा गर्ने प्रक्रिया थाल्यो । झुठा मुद्दा फिर्ता, नागरिकता अध्यादेश, संविधान संशोधन कार्यदल लगायत काम भए ।

प्रक्रियामा रहेका यी कामलाई निष्कर्षमा पुर्याउन महन्थ ठाकुरले सरकारमा सहभागी हुनुपर्ने महसुस गरे । राजेन्द्र महतोको नेतृत्वमा हक्की स्वभावका उमाशंकरलाई पनि पठाए ।

उमाशंकरले सरकारमा गएर पनि आफ्नो गतिलाई कायमै राखेका छन् पहिलो निर्णयबाटै । मन्त्रीको कार्यभार सम्हाले लगत्तै जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न कार्यदल गठन गरे । कार्यभार सम्हालिसकेपछि उमाशंकर नेपालपानासँग भन्छन्, ‘मेरो निर्णयले मधेसका साथै देशको पर्यटन क्षेत्र राम्रो हुन्छ । मधेस प्राथमिकतामा हो । जनकपुर र मधेसलाई प्राथमिकतामा राखेको छु । निष्ठापूर्वक काम गर्छु ।’

मधेशलाई पर्यटनको हब बनाउने नवनियुक्त मन्त्री अरगरियाले बताएका हुन।

त्यसो त उमाशंकरको मधेसमा राम्रो छवि छ । उनको पहिलो दुरगामी निर्णयको स्वागत जनकपुरमा दिपावली गरेर भइसकेको छ । मधेसका मुद्दा सम्बोधन र मधेसको विकास तथा पर्यटन क्षेत्रमा कायापलट ल्याउने भिजन बोकेका मन्त्री अरगरियालाई सफलताको हार्दिक शुभकामना ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]